नेपालमा प्रर्यटक भित्राउँन, स्विजरल्याण्डबाट अभियान


बिजय शर्मा दर्पण
स्विजरल्याण्ड/ नेपाल अझै पनि पर्यटकका लागि प्रमुख गन्तब्य स्थल नै रहेको भन्दै स्विजरल्याण्डमा रहेका नेपालीहरु बिबिध कार्यक्रम सहित ब्यापक प्रचारप्रसारमा लाग्ने भएका छन्। भुकम्प पश्चात पर्यटकीय क्षेत्रहरु पूर्ण रुपमा नै क्षति भएको भन्ने भ्रमलाई चिर्नको लागि व्यापक प्रचार प्रसार सहितको कार्यक्रम आयोजना गरिएको हो। नेपालमा पर्यटकहरु भित्राउने लक्ष्य सहित पर्यटकीय क्षेत्रलाई प्रचार प्रसार गराउने उदेश्य सहित स्विजरल्याण्डमा नेपालीहरुले फेब्रुअरी २७ तारिखका दिन भब्य स्नो फन कार्यक्रम गर्ने भएका हुन्।

विभिन्न बहाना बनाएर अरुसँग सहयोग माग्ने भन्दा पनि विश्वको सुन्दर देश नेपालको प्रमुख आयश्रोत पर्यटन व्यवसायमा पर्न गएको असरलाई मध्यनजर गर्दै, ” नेपाल ईज स्टिल अलाईभ फर टुरिजम” भन्ने नाराका साथ कार्यक्रम गर्न लागिएको आयोजक मध्येका एक कमल भट्टले जानकारी दिए।

नेपाल पर्यटकका लागि सुरक्षित भएको कुरा विश्व माँझ पुर्याउनको लागि स्विसबाट यो अभियान चलाउन लागेको समाजसेबी आङ्ग तेञ्जिङ्ग शेर्पाले बताए। नेपालको खस्किरहेको पर्यटन क्षेत्रलाई माथि उकास्न कार्यक्रमबाट सहयोग मिल्ने बिश्वास यहाँका नेपालीहरुले लिएका छन् । मेल्च सी फ्रुच्त भन्ने ठाउँबाट सुरुवात गर्दै स्विजरल्याण्डको सबै क्यान्टोनमा पर्यटकिय गन्तब्य नेपाल पनि हो भन्दै प्रचार प्रसार गरिने आयोजकले जनाएको छ ।