विवेकशील नेपाली नर्वेले, नुवाकोटमा सोलार ल्याम्प वितरण गर्ने


ओस्लो / विवेकशील नेपाली नर्वेले एसएलसीलाई मध्यनजर गर्दै आर्थिक रुपमा अति विपन्न तथा भुकम्प पिडित बिद्यार्थीहरुको बस्तीमा सोलार ल्याम्प सहयोग गर्ने भएको छ। नुवाकोटको कुनै एक बस्तिलाई पहिचान गरी ३ हप्ता भित्र सहयोग गर्ने निर्णय गरेको हो।

विवेकशील नेपाली नर्वेका संस्थापक सदस्य मदनराज आचार्यलाइ संगठन निर्माण, विस्तार एवं प्रचार प्रसार, बहुपक्षीय सम्बन्ध स्थापना र संगठनको विकासमा उल्लेखनिय भूमिका निर्बाह गरेको भन्दै प्रशंसा पत्र सहित सम्मान गरेको छ।
आईतबार ओस्लोमा सम्पन्न नियमित बैठकमा सम्मानित बनेका आचार्यले,अब बाँकी दिनहरुमा पनि संगठन कै अभियानमा लाग्ने प्रतिबद्दता जनाउँदै,सोलार ल्याम्प वितरण गर्न आँफु नर्वेवाट नुवाकोटसम्म जाने बताएका छन्।

संगठनका अध्यक्ष दिपक महतको अध्यक्षतामा बसेको बैठकले सोलार ल्याम्प अभियानलाई सफल बनाउँन सबैलाई सहयोगको अपिल गरेको छ। नर्वेबासी नेपालीहरु माँझ निकै लोकप्रिय बन्दै गएको संगठनले गत महिना सिन्धुपाल्चोकमा “न्यानो माया” अभियान अन्तर्गत ब्लान्केट वितरण गरेको थियो।

तपाईको प्रतिक्रिया