कास्की सेबा समाज स्पेनको पहिलो अधिबेशन सम्पन्न,अध्यक्षमा दिल नाथ भण्डारी


बार्सिलोना/ कास्की सेबा समाज स्पेनको पहिलो अधिबेशनले दिल नाथ भण्डारीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्बसम्मत चयन गरेको छ। कास्की जिल्ला स्थायी घर भई स्पेनमा बसोबास गर्दै आएका नेपालीहरुले गठन गरेको समाजले भण्डारीको अध्यक्षतामा नयाँ समिति चयन गरेको हो। गत बर्ष जनबरी २५ तारिकको दिन तदर्थ समिति गठन गर्दै स्थापना भएको समाजले सोहि दिन कै अबसर पारेर पहिलो अधिबेशन सम्पन्न गरेको छ।

नयाँ निर्बाचित कार्यसमितिको उपाध्यक्षहरुमा शिब कुमार लामिछाने,राजेन्द्र कँडेल,महासचिव बिशाल ढुंगाना,सचिवमा कुमार गुरुङ,कोषाध्यक्षमा पुष्प केसी चयन भएका छन्। यस्तै कार्यसमितिका सदस्यहरुमा सन्दीप मोहन भट्टराई,अतित गुरुङ,टिका क्षेत्री,रबीन ठकुरी,गीता पोख्रेल पराजुली,देबी कुमारी भण्डारी र जीत बहादुर माल रहेका छन्।

12622432_566137040228536_5135782552214592146_oयस्तै नयाँ कार्यसमितिले बसन्त रानाभाटको संयोजकत्वमा पाँच सदस्यीय सल्लाहकार समिति समेत छनोट गरेको छ।  अन्य सदस्यहरुमा दिनेश गुरुङ,बेल काजी गुरुङ,बल बहादुर कार्की र केदार ढुंगाना रहेका छन्।

समाजको पहिलो अधिबेशनलाई प्रमुख अतिथिको रुपमा गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद सदस्य एकराज गिरीले गरेका थिए। कार्यक्रममा गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनका अध्यक्ष मुक्त बहादुर गुरुङ,नेपाली जनसम्पर्क समिति स्पेनका अध्यक्ष शालिक राम डुम्रे,प्रबासी नेपाली मञ्चका अध्यक्ष दिनेश गुरुङ,जन प्रगतिशील मञ्च स्पेनका महासचिब अर्जुन आचार्य,समाजका सल्लाहकारहरु सन्दिप मोहन भट्टराई,केदार ढुंगाना,उपाध्यक्ष राजेन्द्र कँडेल लगायतले बोलेका थिए।

यस्तै नब निर्बाचित कार्यसमितिलाई चितवन समाजका अध्यक्ष प्रकाश तिमिल्सिना,स्याङ्जा सहयोग समाज स्पेनका अध्यक्ष बेन बहादुर गुरुङ,पर्बत समाजका अध्यक्ष ओमर गुरुङ,नेपाली पाठशाला स्पेनकि संयोजक सरला सापकोटा,नेवारी समाज स्पेनका प्रतिनिधि सन्तोष श्रेष्ठ,,मगर संघ स्पेनको उपाध्यक्ष मान बहादुर रोका,महिला फोरम स्पेनको तर्फबाट रिमा ढकाल लगायतले शुभकामाना ब्यक्त गरेका थिए। तदर्थ समितिका अध्यक्ष दिल नाथ भण्डारीको अध्यक्षता सम्पन्न कार्यक्रमको संचालन बिशाल ढुंगानाले गरेका थिए।

रानाभाट र केसी सम्मानित

कास्की सेबा समाज स्पेनले,सल्लाहकार बसन्त रानाभाट र सदस्य पुष्प केसीलाई सम्मान गरेको छ। पत्रकारिता क्षेत्रबाट योगदान दिएको भन्दै रानाभाट र समाजमा कार्यसमितिमा रहेर उत्कृष्ट काम गरेको भन्दै केसीलाई सम्मान गरेको हो। प्रमुख अतिथि एनआरएनए आईसीसी सदस्य,एकराज गिरी,समाजका अध्यक्ष दिल नाथ भण्डारी,बिशेष अतिथि एनआरएनए स्पेनका अध्यक्ष मुक्त बहादूर गुरुङले खादा लगाएर सम्मान गरेका थिए।12628502_566138266895080_1556559690008449842_o

सामाजिक कार्यमा समाजको योगदान,

कास्की सेवा समाज स्पेनले लुम्ले गाविस ४, हाइजुङ्ग स्थित श्री ज्ञानोदय प्राथमिक विद्यालयलाई २ लाख ५५ हजार ५ सय ५५ रुपैया र ४० हजार बराबरको स्टेशनरी सामाग्री वितरण गरेको थियो।गत श्रावण १३ गते कास्कीमा गएको पहिरोले क्षतिग्रस्त भएको विद्यालयलाई समाजले सहयोग गरेको हो।

यस्तै देशमा भूकम्प जाँदा एनआरएनए स्पेन मार्फत समाजले २ हजार १ हजार २२ युरो सहयोग गरेको थियो। यस्तै समाजले कास्कीका मृगौला पिडित बल बहादुर गुरुङलाई समेत आर्थिक सहयोग गरेको थियो।

 

12594002_566138790228361_2603007821009519260_o12605484_566137266895180_6011279259445677196_o12473513_566137723561801_8205319474057848863_o12525665_566138913561682_2206356039120535677_o12646646_566137043561869_1324834259113028858_o