नेताहरु भ्रष्ट बनेको भन्दै,विप्लव माओबादी नेता बास्तोलाको युरोपबाट चेतावनी (भिडियो)


बार्सिलोना / नेकपा माओबादी स्थायी समिति सदस्य धर्मेन्द्र बाँस्तोला ” कन्चन ” ले अहिलेको समस्या समाधानका लागि प्रचण्ड,बाईसीयल वा केहि नेताहरुलाई खरिद गरेर भष्ट बनाएको आरोप लगाएका छन्।शान्ति प्रकिया पछि,पनि देशले निकास पाउँन नसकेको बताउँदै,उनले माओबादी नेताहरु पनि कांग्रेस,एमाले जस्तै भ्रष्ट बनेको आरोप लगाउँदै,अहिले पनि देशले निकास पाउँन नसकेको बताएका हुन्। देशलाई निकास दिनको लागि १२ बुदे सम्झौतालाई ईमान्दारी पुर्बक पालाना गर्नु पर्नेमा उनले जोड दिए।

नेपाली जनप्रगतिशील मञ्च स्पेनले आईतबार बार्सिलोनामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै, नेता बास्तोलाले भने,” केहि समय अघि,नुवाकोटमा काँगेस नेता राम शरण महत नजिकका मान्छेहरुले,कज वे बनाउँदा,ईन्जीनीयरलाई बिल पास गर्न भन्दै टाउको काट्ने धम्की दिए। यो बारे तपाईहरु, बोलिदिनु पर्यो नत्र हाम्रो त ज्यानै जाने भयो भन्दै हाम्रो पार्टीमा मुद्दा आयो। तर यसलाई पनि माथ गर्ने गरी,महान जनयुद्द लडेकाहरु पनि यसरी नै किन फसे ? ”

विप्लव माओबादीका अन्तराष्ट्रिय बिभाग प्रमुख समेत रहेका उनले, हिजो रगतको बलिदान दिन तयार भएकाहरु अहिले भ्रष्टचारको दलदलमा फसेको आरोप लगाए। नेपालका राज नेताहरुले बैंङ्क,होटल, स्कुल कलेजहरु,हस्पिटलमा सम्पति थुपारेर धनी भए पनि जनताहरु सधैको गरिब भएको बताए।

उनले भने,”हामीलाई खरिद गर्न दिन दिनै,मान्छेहरु आईरहेका हुन्छन्। यत्रो नेता भएर कसरी तपाइको पार्टी चल्छ ? कसरी तपाईको कार्यकर्ता बन्छन् ,तपाईको घर छैन,गाडी छैन कार्यकर्ता पाल्ने पैसा छैन,तपाईहरु अलिकति मात्र गर्नुहोस् धेरै हुन्छ नि।” तर त्यसको मुल्यमा कर्णाली,कोशी लगायतका नदीहरु माग्ने गरेको खुलासा समेत बास्तोलाले गरे। तर कसले यस्तो प्रस्ताब गर्यो भन्ने बिषयमा भने उनले केहि खुलाएनन्। आँफुहरु यस्तै शासक बिरुद्दको कारबाही स्वरूप नै जनसरकार (जन परिषद) घोषणा गर्न बाध्य भएको बास्तोलाले बताए।

बेल्जियम,जर्मनी,नेदरल्याण्डको कार्यक्रम सकेर स्पेन आएका माओबादी नेता बाँस्तोला भने,”काभ्रेमा रामदेबले मात्र ४ सय हेक्टर जमिन खरिद गरेको छ भन्ने सुनिएको छ, तर ४७ लाख नेपालीहरु अझै पनि भुमिहिन छन्। माओबादीको युद्दको समयमा आँफु केन्द्रिय समितिबाट भूमिगत तरिकाले युरोप र अमेरिकामा बस्दै आएको बताउँदै उनले भने, ” शेर बहादुर देउवाले युरोपबाट हतियार मगाउँदा मैले रोकेको हुँ,किनकि हामी शान्ति चाहन्थ्यौ।’

नेपाली जनप्रगतिशील मञ्च स्पेनका अध्यक्ष गंगा प्रसाद भुसालको अध्यक्षता सम्पन्न कार्यक्रममा स्पेन स्थित संघ सँस्थाका प्रतिनिधिहरु बोलेका थिए। कार्यक्रममा गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद सदस्य एकराज गिरी,निबर्तमान सदस्य दीपक खरेल,राष्ट्रिय समन्वय परिषद स्पेनका अध्यक्ष मुक्त बहादुर गुरुङ,नेपाली जनसम्पर्क समिति स्पेनका अध्यक्ष शालिकराम डुम्रे,प्रबासी नेपाली मञ्च स्पेनका अध्यक्ष दिनेश गुरुङ लगायतले बोल्दै स्पेनमा दुताबास स्थापनाका लागि बिशेष पहल गर्न अनुरोध गरेका थिए।

यस्तै जनप्रगतीशिल मञ्च स्पेनका महासचिव अर्जुन आचार्यले अन्तरक्रिया कार्यक्रमको संचालन गरे। देशमा माओबादी पार्टी बिभाजन भएर टुक्रा टुक्रा भए पनि, स्पेनमा भने सम्पूर्ण माओबादी बिचार धारहरुलाई समेट्दै एउटै मञ्च रहेको छ।

पुरा भीडीयो हेर्नुहोस्।