युरोप छिर्ने क्रममा डुंगाहरु पल्टिदा, बालबालिका सहित ४२ आप्रबासीको मृत्यु


बीबीसी/ आप्रवासीहरु सवार दुईवटा डुंगाहरु ग्रीसका दुई टापु नजिकै अत्यन्त चिसो पानीमा दुर्घटनाग्रस्त भएका हुन्।। एउटा डुंगा कालोलिम्नोस नामक सानो ग्रीक टापु नजिकै डुबेको थियो, जसमा ११ बालबालिका सहित ३४ जनाको ज्यान गएको थियो।

अर्को टापु फार्माकोनिसी नजिकै दोस्रो डुंगा डुबेपछि अन्य ८ जनाको मृत्यु भएको थियो।
डुंगा दुर्घटनामा परेर मृत्यु हुनेहरुको संख्या ४२ पुगेको जानकारी प्राप्त भएको छ।
गत वर्ष दस लाख भन्दा बढी आप्रवासीहरु युरोप पुगेका थिए। जुन प्रयासमा टर्कीबाट ग्रीस जाने क्रममा एजियन समुद्रमा ७ सय भन्दा बढीको ज्यान गएको थियो भन्दै बीबीसीले समाचारमा उल्लेख गरेको छ।