नेपाली फुटबल टिमलाई, बिमानस्थलमा भब्य स्वागत


बंगबन्धु गोल्डकप फुटबलको उपाधि जितेर शनिबार स्वदेश फर्किएका नेपाली खेलाडीहरुको भव्य स्वागत गरिएको छ । खेलाडीहरुलाई बाजागाजासहित नगर परिक्रमा गराइएको छ ।

टिमलाई त्रिवुभवन विमानस्थलमा फुटबलसम्बद्ध पदाधिकारी, पूर्वखेलाडी, नातेदार र फुटबलप्रेमीले भव्य स्वागत गरेका थिए ।

स्वदेश फर्किएको टोलीलाई एयरपोर्टबाट काठमाडौं महानगर परिक्रमा गरियो । एयरपोर्टबाट गौशला, मैतीदेवी, डिल्लीबजार, पुतलीसडक, प्रदर्शन मार्ग, सहिद गेट, सुन्धारा, न्युरोड, भोटाहिटी, रत्नपार्क, पुरानो बसपार्क हुदै त्रिपुरेश्वरस्थित दशरथ रंगशाला पुगेर नगरपरिक्रमा टुंगियो ।