कास्की सेवा समाज स्पेनको अधिबेशनका लागि सम्पूर्ण तयारी पुरा


बार्सिलोना/ कास्की स्थायी घर भई स्पेनमा बसोबास गर्दै आएका नेपालीहरुले सामाजिक भावाना सहित गठन भएको कास्की सेवा समाज स्पेनले पहिलो अधिबेशनको सम्पूर्ण तयारी पुरा गरेको छ। तदर्थ समिति गठन भएको एक बर्ष भित्र अधिबेशन गर्नु पर्ने बिधान अनुसार आगामी जनवरी २५ तारिक सोमबार पहिलो अधिबेशन बार्सिलोनामा हुन लागेको हो।

अधिबेशन सम्पन्न गर्नको लागि समाजका अध्यक्ष दिल नाथ भण्डारीको अध्यक्षतामा ३१ सदस्यीय मूल आयोजक समिति गठन भएको छ।समाजका सचिव बिशाल ढुंगानाका अनुसार अधिबेशनको सम्पूर्ण तयारी पुरा भएको छ। उनले भने,” स्पेन स्थित संघ सँस्थाका प्रतिनिधिहरु ,सबैलाई पत्राचार गरिसकेका छौ,हामीलाई आशा छ,नेपाली समुदायको बाक्लो उपस्थिति रहने छ।”

यता समाजले अधिबेशनका सम्पन्न गर्नका लागि,समन्वय समितिमा बेलकाजी गुरुङ,आर्थिकमा शिब कुमार लामिछाने,आतिथ्य सत्कार तथा प्रचारप्रसारमा राजेन्द्र कंडेल,सुचना सञ्चार बिभागमा बिशाल ढुंगाना,र सदस्यता बितरणका लागि पुष्प केसी रहने गरी बिभिन्न उपसमितिहरुका संयोजक तोकेको थियो। उपसमितिका संयोजकहरुले पनि सम्पूर्ण कामहरु अन्तिम चरणमा पुगिसकेको जनाएका छन्।

बिस्तृत जानकारीका लागि
 मिति :– २५ जनबरी,२०१५
स्थान: हिमाली रेष्टुरेन्ट, Carrer de Milà i Fontanals, 60 (Barcelona).
समय :– दिउँसो ४ बजे

मूल: आयोजक समिति,कास्की सेबा समाज स्पेन