प्रबासी नेपाली मञ्च पोर्चुगल अधिबेशनको संघारमा, मूल: आयोजक कमिटिको पुनर्गठन


लिस्बन/ प्रवासी नेपाली मञ्च पोर्चुगलले आफ्नो चौथो अधिवेशन सम्पन्न गर्नको लागि मूल: आयोजक कमिटिको पुनर्गठन गरेको छ। अधिबेशन सम्पन्न गर्नका लागि गोविन्द पौडेलको अध्यक्षतामा १ सय ११ सदस्यीय आयोजक कमिटी पुन: गठन गरेको हो। यस अघिका संयोजक सुभाषचन्द्र अधिकारी र महासचिव उमेश चौलागाई पोर्चुगल छोडेर जाने भए पछि अधिबेशनका लागि कमिटी पुनर्गठन गरिएको हो। चौथो अधिबेशनको मिति भने,नयाँ गठन भएको समितिले नै तोक्ने भएको छ।

यस्तै मूल आयोजक कमिटिको सह संयोजकमा प्रेमलाल नेपाली र दिपा शर्मा, महा सचिवमा निराजन सुवेदी, सचिव निर्मला खराल,सुरेश पुन र जिके शर्मा, कोषाध्यक्षमा भूपेन्द्र सुवेदी,सचिवालय सदस्य नारायणदत्त आचार्य,राम केसी,मणिरत्न लामा, तुलसी थपलिया ,रमाकान्त पौडेल, सूर्य तिवारी, राजकुमार श्रेष्ठ, बलराम पौडेल, किरण दिप परियार र हरि तामाङ् रहेका छन्। साथै एक सह संयोजक र तिन सदस्यहरु भने सचिवालयको बैठकले पदपूर्ति गर्ने भएको छ।

12592558_1047456408609157_2789994522344405823_nयस्तै कमिटिका सदस्यहरुमा दिपक सुवेदी, मोहन मरासैनी, रामप्रसाद भट्ट, उपेन्द्र पौडेल, खेम हमाल, नविन गिरी, राकेश खड्का, रोवर्ट लिम्बु, प्रेम खड्का, विपिन खड्का, खेम जुग्जाली, सुमन चौलागाई, विष्णु प्रसाई, प्रेम काफ्ले, सरला तिम्सिना, कोमल नाथ नेपाल, शिव नेपाल, भुवन सिंह धामी, जगन्नाथ सुवेदी, सीता अधिकारी, विष्णु प्रसाद सुवेदी, नवराज आचार्य, हेमराज सुवेदी लगायत रहेका छन् ।

मञ्चको मंगलबार लिस्बनमा भएको भेलाले निवर्तमान संयोजक सुभाषचन्द्र अधिकारी र महासचिव उमेश चौलागाईलाई विदाई समेत गरेको छ। विदाई कार्यक्रममा दुवै जनाले भाबुक हुँदै जहाँ पनि संगठनमै रहने प्रतिबद्दता ब्यक्त गरे। संयोजक पौडेलले दुवै जनालाई खादा ओढाएर सम्मान ब्यक्त गर्दै बिदाई गरेका थिए।