नेपाली जनप्रगतिशील मञ्च स्पेनको अन्तरक्रिया बारे सूचना


हाम्रो गौरबशाली संगठन नेपाली जनप्रगतिशिल मञ्च स्पेन सन् २००८ मा स्थापना भएर स्पेनबासी नेपालीहरुको हकहितका लागि हरेक नेपालीहरुको दुख सुखमा साथ दिदैं आफ्ना सामाजिक क्रियाकलापहरु संचालन गरीरहेको यथार्थ यहाँहरु सबैमा अवगत नै छ l हाम्रा सम्पूर्ण सामाजिक अभियानहरुमा हामीलाई साथ र प्रेरणा दिनुहुने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा नेपाली जनप्रगतिशिल मञ्च स्पेन हार्दिक कृतज्ञता ब्यक्त गर्दछ।

स्पेनमा बसोबास गर्ने हामी आप्रबासी नेपालीहरुको दुख र सुखको कोसेलिलाई हाम्री हाम्रो राज्य र राज्यका निकायहरुमा निरपेक्ष रुपमा जस्ताको तस्तै पस्कने अभिप्राय अनुरुप यहि मिति २४ जनवरी २०१६ का दिन एक बिशेष अन्तरक्रिया कार्यक्रम आयोजना गर्न गैरहेको कुरा यहाँहरुमा सहर्ष जानकारी गराउन चाहन्छौ। युरोपबासी नेपालीहरुको समस्यामा परिचित र यूरोप बसाई लाई नजिकबाट भोग्नुभएका एबम नेपाली माओबादी आन्दोलनका साधक, नेकपा माओबादीका स्थायी समिति सदस्य एबम अन्तराष्ट्रिय बिभाग प्रमुख कमरेड धर्मेन्द्र बाँस्तोला ” कन्चन ” को प्रमुख आतित्यथामा स्पेनबासी नेपालीहरुका साझा समस्या र समाधानहरु उजागर गर्दै र स्पेनमा नेपाली राजदुताबास स्थापना गर्ने साँचो पहलकदमी लाई गन्तब्य उन्मुख गराउने साथै भारतीय नाकाबन्दी बिरुदका बैकल्पिक मार्ग उजागर गर्ने उदेश्यले आयोजना गरिएको यस अन्तरक्रिया कार्यक्रम मा सम्पूर्ण स्पेनबासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ l

तपसिल:-
मिति – २४ जनवरी २०१६
स्थान – हिमाली रेस्टुरेन्ट ( Calle Mila i Fontanals, 60 , 08012, Barcelona ) Metro L4 Jonic
समय – दिनको ठिक ४.०० बजे

नेपाली जनप्रतिशील मञ्च स्पेन