दुताबास स्थापना गर्ने सरकारी निर्णय कार्यान्वयन नभएकोमा स्पेनबासी आक्रोशित(भिडियो)


बार्सिलोना/नेपाल सरकारले स्पेनमा राजदुताबास स्थापना गर्ने निर्णय गरेर पनि कार्यान्वयन गर्न नसकेको भन्दै स्पेनबासी नेपालीहरु आक्रोशित बनेका छन्। पटक पटक दुताबास स्थापनाको माग गर्दै आएका स्पेनका नेपालीहरुले सरकारी स्तरबाट कुनै पहल नगरेको भन्दै आक्रोशित बनेका हुन्।

गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनले सोमबार बार्सिलोनामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा करिब १० हजार नेपालीहरु बसोबास गर्ने स्पेनमा सरकारले तत्काल दुताबास स्थापना गर्नु पर्नेमा जोड दिए। कुटनितिक रुपमा पनि स्पेन र नेपालको सम्बन्ध रहन सके दुवै देशलाई फाईदा हुने बताउँदै सरकारलाई गंभिर हुन अनुरोध गरेका छन्।

दुताबास स्थापना हुन सके केबल यहाँ रहेका नेपालीहरुलाई मात्र फाईदा नभई सरकार  आफैले अझ धेरै लाभ लिन सक्ने सहभागीहरुले बताएका छन्। बिशेष त नेपालको पर्यटक क्षेत्र फस्टाउँन सक्ने,लगानी भित्राउँन सकिने,आधुनिक कृषि प्रणालीको बिकास गर्न सकिने, बिशेष फुटबल र खेलकुदको बिकास पनि फाईदा लिन सकिने जस्ता तर्कहरु,बिभिन्न संघ संस्थाका प्रतिनिधीहरुले राखेका हुन्।

यस अघि नेपाल सरकारले डा. बाबुराम भट्टराई  प्रधानमन्त्री हुँदा स्पेनमा दुताबास स्थापना गर्ने निर्णय गरेको भए पनि अझै कार्यान्वयन भने हुन सकेको छैन।

अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले राखेका बिचारहरु भिडियोमा हेर्नुहोस्