जीवन (कविता)


– प्रकास बज्रचार्य
जीबन
सुरूवात शुन्य
मध्य समयमा
घाटा या नाफामा।
तेराे या मेराे
तर अन्तमा फेरि शून्य ।
जीबनमा
अाउने स्वास अाफ्नै निम्ति
जाने स्वास अर्कैकाे निम्ति ।
न कालले पर्खन्छ।
न समयले कुर्छ।
जीवनमा अाफ्नाे बशमा के नै हुन्छ ?
जीवनकाे रंग
धंङ्ग या अन्तरंग ।
भन्छन जीवन रंगमञ्च हाे ।
हामी पात्र रंगमञ्चकाे।
जीबनका
कथा धेरै बुनिनसक्छ।
कसैलाई राेचक हुनसक्छ।
कसैलाई घाेचक
कसैलाई साेचक हुनसक्छ।
अाखिर अन्तमा
लिन हैन दिन जाने ।
अाफ्नाे हेैन
अर्काकाे भरेमा अञ्जुली ।
या दिनसके तिलाञ्जली ।
अाफनाे मलामीमा
बदने छन तिमीलाई दिने श्रद्धाञ्जली ।बस्