नेपालीनेपाली डटकमका प्रधान-सम्पादक रानाभाट सम्मानित


बार्सिलोना/नेपालीनेपाली डटकमका प्रधान-सम्पादक बसन्त रानाभाटलाई गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनले बिशेष सम्मान गरेको छ। स्पेनका गतिबिधिहरु,समस्या लगायत कार्यक्रमहरुलाई देश विदेश सम्म समाचारको माध्यमद्वारा पुर्याएको भन्दै पत्रकार रानाभाटलाई सम्मान गरेको हो।

बिगत दुई बर्ष देखि अनलाईनखबर डटकमसँग पनि आबद्द रहेका पत्रकार रानाभाटलाई अनलाईनखबरले युरोप संयोजकको जिम्मेबारी दिएको भन्दै सहभागीहरुले बधाई तथा शुभकामाना समेत ब्यक्त गरे। पत्रकार रानाभाटलाई गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद सदस्य एकराज गिरी, निर्बतमान सदस्य दीपक खरेल,राष्ट्रिय समन्वय परिषद स्पेनका अध्यक्ष मुक्त बहादुर गुरुङ,युबा फोरम संयोजक दीपक क्षेत्री लगायत खादा ओढाएर सम्मान गरेका थिए।12491815_1090647820969377_6338678469743852196_oएनआरएनए स्पेनले आँफुलाई सम्मान ब्यक्त गर्दै,थप हौसला र प्रेरेणा प्रदान गरेको भन्दै पत्रकार रानाभाटले स्पेनको नेपाली समुदाय प्रति आभार प्रकट गरेका छन्। उनले भने,” विदेशमा एकातिर काम अर्को तर्फ,पत्रकारिता यसलाई सँगसँगै मिलाएर लैजानु आँफैमा चुनौतिपूर्ण छ। तर तपाईहरुको यो माया र सम्मानले अझ जिम्मेबारी महशुस गरेको छु, आउँदा दिनमा पनि, निरन्तरतामा कमि आउँने दिने छैन।”

“स्पेनमा नेपाली दुताबासको आबश्यकता बारे” संघ सँस्था र पत्रकारहरु बिच बार्सिलोनामा भएको एक अन्तरक्रिया कार्यक्रमको अबसरमा अनलाईनकर्मी रानाभाटलाई बिशेष सम्मान गरिएको हो। रानाभाट बिगत १३ बर्ष देखि पत्रकारिता क्षेत्रमा आबद्द रहँदै आएका छन्। ७ बर्ष नेपालमा नै पत्रकारिता गरेर,युरोप छिरेका रानाभाटले बिगत ६ बर्ष देखि प्रबासका गतिबिधिहरुलाई पनि समेट्दै आएका छन्।12473726_1090647827636043_4697079542786703835_oविदेशबाट परोपकारी पत्रकारितालाई पनि निरन्तरता दिदै आएका उनले कारागारमा रहेकी काभ्रे कि ७ बर्षिय बालिका कबिता तिमिल्सिनालाई स्कुल पठाउँन रेडियो कार्यक्रम रिलेसन मार्फत सहयोग जुटाएका थिए। यस्तै नेपालीनेपाली डटकम मार्फत कास्कीका मृगौला पिडित बल बहादुर गुरुङलाई आर्थिक सहयोग जुटाउँन एबम काभ्रेको सुस्तमनस्थिति केन्द्रमा भान्सा कोठा निर्माणको सहयोग अभियानमा पनि बिशेष भूमिका खेलेका थिए।