एनआरएनए भवन तथा पुनःनिर्माण कार्यदललको नेतृत्व घलेले गर्दै (सूचीसहित)


गैरआवासीय नेपाली संघको पदाधिकारी वैठकले गैरआवासीय नेपाली संघका बिभिन्न कार्यदल, समिति तथा उपसमितिहरुमा मनोयनको प्रस्ताव तयार पारेको छ ।
गत आइतबार बसेको वैठकले आईसीसीको ५२ औं वैठकमा पेश गर्नका लागि सो प्रस्ताव तयार पारेको प्रवक्ता रञ्जु थापाले जानकारी दिइन् । बिभिन्न कार्यदल तथा समितिमा गरिएको यो प्रस्तावलाई आईसीसी वैठकले निर्णय गरेपछि मात्र औपचारिकता पाउने छ ।

जसअनुसार अध्यक्ष शेष घलेले संस्थाको भवन निर्माण तथा भूकम्पपछि पुनःनिर्माण कार्यदललको जिम्मेवार लिएका छन् । सवैभन्दा चुनौतीपूर्ण मानिएका यी दुई कार्यदलको नेतृत्व आफै लिएर आगामी दुई बर्षभित्र दुवै काम फत्ते गर्ने लक्ष्य उनले लिएका छन् । यी दुवै कार्यदलमा सचिवालयका सवै सदस्यहरु सदस्यका रुपमा रहनेछन् ।

यसैगरी अध्यक्ष घले बैदेशिक रोजगार कल्याण कोषसम्बन्धी कार्यदलको पनि नेतृत्व लिनेछन् । अध्यक्ष घलेले आगामी १० करोड रुपैयाँको कल्याण कोष स्थापना गर्ने लक्ष्य रहेको गत महाधिवेशनमै घोषणा गरेका थिए । उपाध्यक्ष भवन भट्टलाई पर्यटन प्रर्बद्धन समितिको अध्यक्ष बनाउने प्रस्ताव गरिएको छ भने परोपकार तथा मानविय सहायता समितिको अध्यक्ष अर्का उपाध्यक्ष कुमार पन्तलाई प्रस्ताव गरिएको छ ।

महासचिव बद्री केसीलाई नीतिगत समितिको अध्यक्ष प्रस्ताव गरिएको छ भने प्रवक्ता रञ्जु थापालाई मिडिया तथा पब्लिकेसन समितिको अध्यक्ष प्रस्ताव गरिएको छ ।
गत महाधिवेशनमा अध्यक्ष शेष घलेलाई समर्थन गर्दै प्रतिस्पर्धाबाट पछि हटेका पूर्व महासचिव रतन झालाई उद्यमशिलता विकाश समितिको अध्यक्ष प्रस्ताव गरिएको छ । यसैगरि कोषाध्यक्ष हिक्मत थापालाई वित्तिय दिगो विकाश समिति र सचिव अर्जुन श्रेष्ठलाई नेपाली उत्पादन प्रर्बद्धन समितिको संयोजक प्रस्ताव गरिएको छ ।

प्रस्तावित सयोजक तथा सदस्यहरुको पूर्ण सूची-

nrn-chair-nominations-1nrn-chair-nominations-2nrn-chair-nominations-3