एनआरएनको बिबादबारे, पुर्ब अध्यक्ष लामिछाने के भन्छन् ? (भिडियो अन्तरबार्ता)


स्बिजरल्याण्ड/गैर आबासीय नेपाली संघ (एनआरएनए) का पुर्ब अध्यक्ष जीवा लामिछानेले एनआरएनएमा देखिएको हालको बिबाद ठुलो समस्या नभएको बताएका छन्।एनआरएनएका प्रमुख संरक्षक समेत रहेका लामिछानेले  ५१ औ बैठकमा उठेका बिबाद बिधान व्याख्या कमिटीमा लैजानु पर्ने बताउँदै,एनआरएन भित्र बिबाद वा ठुलो समस्या नभएको बताएका हुन्।

सामाजिक संजालमा बिबादको बारे ठुलो चर्चा देखे पछि आँफुले यही धाराणा र सुझाव राख्दै आएको बताउँदै, वा अन्य उपायहरुबाट पनि एनआरएनमा देखिएको सामान्य  असमझदारीलाई मेटाउँनु पर्ने बताएका हुन्। बिबाद अन्त्यका लागि आँफु परेको खण्डमा आँफू मध्यस्थकर्ता गर्न तयार रहेको बताउँदै सकेसम्म कार्यसमितिबाट नै टुंगो लगाउनु पर्नेमा लामिछाने जोड दिएका छन्। स्बिजरल्याण्डमा पत्रकार गुणराज शर्माले लिएको एक बिशेष अन्तर्वार्तामा लामिछानेले आफ्नो कार्यकाल र एनआरएनए अभियानको बारेमा पनि चर्चा गरेका छन्।
पुरा भिडियो हेर्नुहोस्।