जनसम्पर्क समिति स्पेनको बिबाद टुंगियो,कार्यसमिति बिस्तार


बार्सिलोना/ नेपाली जनसम्पर्क समिति स्पेनमा देखिएको बिबाद अन्त्य भएको छ। समितिको बार्षिक साधारण सभाबाट कार्यसमिति बिस्तार लगायतका अन्य बिषयमा टुङ्गो लगाए पछि बिबादको अन्त्य भएको हो। आईतबार बार्सिलोनामा सम्पन्न साधारणसभाबाट समितिको उपाध्यक्षहरुमा बिष्णु रिजाल,ईन्द्र शर्मा र सन्तोष श्रेष्ठ मनोनित भएको घोषणा गरिएको छ।

यस अघि चौथौ अधिबेशनबाट नै उपाध्यक्षमा रिजाल निर्बाचित भए पनि एनआरएनए स्पेनको प्रतिस्पर्धामा जाने निर्णय लिए पछि समितिको पदबाट राजिनामा दिएका थिए। हाल आएर फेरि रिजाल सहित अन्य दुई जनालाई उपाध्यक्षमा मनोनित गरिएको हो।

यस्तै कार्यसमितिको महामन्त्रीमा राजु थापा,सह-महामन्त्रीमा बिनोद लामिछाने,कोषाध्यक्षमा मुकेश क्षेत्री र सह कोषाध्यक्षमा जमुना सापकोटा र प्रबक्तामा हिरालाल सापकोटा ‘डायमण्ड’ चयन भएका छन्। यी सबै पदाधिकारीहरु पनि अहिले नै मनोनित भएका हुन्। यस अघि चौथो अधिबेशनबाट कोषाध्यक्षमा निर्बाचित भएका राम सापकोटा र सह-महामन्त्री प्रकाश भट्टराई भने पुनर्गठित कार्यसमितिमा देखिएका छैनन्।

सन् २०१४,सेक्टेम्बरमा चौथो अधिबेशन सम्पन्न गरेको समितिले, पाँचौ अधिबेशन आउँन केहि महिना मात्र बाँकी रहँदा, उपाध्यक्षहरु,महामन्त्री,सह महामन्त्री,कोषाध्यक्ष,सह-कोषाध्यक्ष र प्रबक्ता जस्ता महत्वपूर्ण पदहरु हाल आएर मनोनित गरेको छ। यस्तै कार्यसमितिको सदस्यहरुमा समेत केहि नयाँ अनुहारहरु थपिएका छन्। यो सँगै लामो समय देखि बिस्तार हुन नसकेको कार्यसमितिले पूर्णता पाएको छ। स्रोतका अनुसार कार्यसमिति बिस्तारका बिषयमा यसअघि बैठकबाट नै टुङ्गो लगाए पनि,बार्षिक साधरणसभाको अबसर पारेर नामबली सार्बजनिक गरिएको हो।

गत डिसेम्बर १६ मा असन्तुष्टि पक्षहरुले एक भेला आयोजना गरिएको भन्दै हस्ताक्षरित बिज्ञप्ति सार्बजनिक गरे पछि समिति भित्रको बिबाद बाहिर आएको थियो।

बार्षिक साधारण सभा सम्पन्न

नेपाली जनसम्पर्क समिति स्पेनले बार्षिक साधारण सभा सम्पन्न गरेको छ। सँस्थापक अध्यक्ष चिन्तामणी सापकोटाको प्रमुख आतिथ्यतामा भएको ,साधारणसभामा अध्यक्ष शालिकराम डुम्रेले सँस्थाको भावी कार्ययोजना प्रस्तुत गरेका छन्। महामन्त्री राजु थापाले संस्थागत प्रतिबेदन तथा कोषाध्यक्ष मुकेश क्षेत्रीले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए।12557638_1113014418717689_2119289516_oपुर्ब अध्यक्षहरु पुष्प राज भण्डारी,एक राज गिरीले बिशेष अतिथिको रुपमा सभालाई सम्बोधन गरेका थिए। यस्तै बिधान मस्यौदा समितिका संयोजक तथा उपाध्यक्ष बिष्णु रिजालले संशोधित बिधान प्रस्तुत गरे भने अर्का उपाध्यक्ष सन्तोष श्रेष्ठले स्वागत मन्तब्य राखेका थिए। बार्षिक साधारण सभामा उमेश अधिकारी,बिनोद ढकाल,सन्दिप मोहन भट्टराई,पेशल कोईराला,सन्त बहादुर क्षेत्री, लगायतले शुभकामाना ब्यक्त गरेका थिए।

हालको कार्यसमितिले स्पेनबाट पहिलो पटक नेपाली काग्रेसका ५ सय क्रियाशील सदस्यता पुरा गरेको छ। यो सँगै समितले काँग्रेसको आसान्य महाधिबेशनमा प्रतिनिधि सहित भाग लिने भएको छ।

भाबि कार्ययोजना के छन् ?

समितिले स्पेनमा नेपाली दुताबास स्थापना गर्नको लागि परराष्ट्र मन्त्रालयमा दबाब मुलक कार्यक्रमहरु सहित पुग्ने भएको छ। स्पेन स्थित संघ सँस्थाहरु सँग सहकार्य गर्दै,दुताबास स्थापना गर्नको लागि पहल गर्ने समितिले जनाएको हो। यस्तै काँग्रेस महाधिबेशनमा भाग लिदै भै परी आउँने कार्यहरुमा सहयोग गर्ने, महासमीती सदस्य, महाधिबेशन प्रतिनीधी र प्रयबेक्षक तोकेमा बिधी प्रक्रिया पुरा गरि सहभागिता जनाउँने बताएको छ।

नेपाली नयाँ बर्षको कार्यक्रम भब्य रुपमा मनाउँने, नेपाली क्यालेण्डर निशुल्क उपलब्ध गराउने,भलिबल प्रतियोगितालाई युरोप स्तरिय बनाउने,रक्तदान कार्यक्रमको आयोजना गर्ने,कार्यलयलाई बिकल्प सहित निरन्तरता दिने, भुकम्प पिडीतहरुलाई न्यानो लत्ता कपडा बितरण गर्ने लगायतका कार्यक्रमहरु समितिले तय गरेको छ।