सिरियामा १३५ जना मारिए,४०० जति आईएसको अपहरणमा


बीबीसी/सिरियाली सरकारी संचार माध्यम र गैरसरकारी संस्थाका अधिकारीहरुले इस्लामिक स्टेटका लडाकुहरुद्वारा पूर्वी सिरियास्थिति एउटा गाउँमा गरिएको आक्रमणमा ठूलो संख्यामा मानिसहरु मारिएको जनाएका छन्।सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले उक्त गाउँ बाघिलियामा १३५ जना मारिएको र ४०० जना अपहरणमा परेको जनाएको छ।

अपहरितहरु पनि कुनै पनि बेला मारिन सक्ने डर रहेको उसको भनाई छ।
उसले भनेको छ, “इस्लामिक स्टेटका लडाकुहरुले सरकार समर्थक लडाकुहरुको परिवारलाई निशाना बनाइरहेका छन्।” उसका अनुसार कम्तिमा ८५ जना सरकारी फौज र सरकारप्रति बफादार लडाकु छन्।

इस्लामिक स्टेटका लडाकुहरुले सरकार समर्थक लडाकुहरुको परिवारलाई निशाना बनाइरहेका छन् सिरियन अब्जरभेटरी फर ह्युमन राईट्स तर सरियाली सरकारले ३०० जनाको हत्या भएको जनाएको छ।

बीबीसी  संवाददाता जीम म्युर भन्छन्, “सरियाली सरकारका अनुसार मारिनेमा अधिकांश महिला, केटाकेटी र बृद्ध-बृद्धा छन्।” सिरियाली सरकारी संचार मध्यमले कयौंको घाँटी काटेर र कयौंलाई झुण्ड्याएर मारिएको जनाएको छ।

अपहरण गरिएकाहरुलाई इस्लामिक स्टेटको मुख्यालय रहेको राक्कातर्फ लगिएको ठानिएको छ। सिरियाको स्थानीय समितिले भनेको छ, सरकारको नियन्त्रणमा रहेको इलाकामा इस्लामिक स्टेटले शनिवार विहान आक्रमण थालेको थियो।
सरकारी सुरक्षा बलले हवाई हमला र गोलाबारी गर्दै जवाफी कारवाही गरेको थियो।
राष्ट्रसंघले त्यहाँको स्थितिप्रति चिन्ता व्यक्त गरेको छ भनी बीबीसीले समाचारमा उल्लेख गरेको छ।