“तिमीलाई माया गर्नु मेरो भुल हो भने” (भिडियो सहित)


तिमीलाई माया गर्नु मेरो भुल हो भने
पिरतिको उपहार आँसु मुल हो भने
तिम्ले पनि कसैलाई मायाँ नगर
तिम्ले पनि कसैलाई विश्वास नगर
म त तिम्रो आँखामा आँसु हेर्नै सक्दीन...
चर्चित गितकार नारायण कंडेल को उत्कृष्ट शब्दहरुमा बहुचर्चित संगितकार राजकुमार बगर को संगित तथा वर्षकै उत्कृष्ट गायिका श्रेयसी चेमजोङ को सुमधुर आवाजमा रहेको नारायण कंडेल को प्रश्तुति “सलामी” एल्बम को भित्र रहेको यो गित”तिमिलाई मायाँ गर्नु…,” बजारमा आएको छ। चर्चित अभिनेत्री आसा खड्का र रुजल चन्द ले अभिनय गरेको यो भिडियोलाई कपिल लामा ले निर्देशन गरेका हुन भने राजेश घिमिरेको छाँङ्कन तथा सुजन शाहि को सम्पादन रहेको छ।

दुईवटा राष्ट्रभक्तिका गित र तिन वटा आधुनिक गित गरि पाँचवटा गित समावेश गरिएको उक्त एल्वम मा देशकै सर्वोत्कृष्ट संगितकार हरुको संगित तथा गायक गायिका हरुको आवाज रहेको छ। एल्वमको शिर्षगितमा अहिलेका सबैभन्दाबढि रुचाईएका संगितकार अर्जुन पोखरेल को संगित र प्रमोद खरेलको मिठो आवाज रहेको छ भने नेपाल प्रहरीका बरिष्ठ अधिकृत एसएसपी रमेश खरेलको समेत विशेष भुमिकामा अभिनय रहने छ।

यसैगरि अन्य गितहरुमा श्रीकृष्णवम मल्लको संगितमा स्वरुपराज आचार्य को आवाज,आषिस अबिरल को संगित मा सिव परियार को आवाज र एउटा गितमा रमेशराज भट्टराईको एकल संगित तथा आवाज रहने छ।गितहरुको सबै काम सकिएको भएपनी एक एक गरि एल्बमका गितहरु बजारमा पठाउने गितकार कंडेल ले जानकारि गराएका छन्।

बाग्लुङ्ग को बिहुँकोट-९ करलिम मा जन्मिएका कंडेल बिगत ३-४ वर्षदेखि जापानमा कार्यरत छन। कंडेलका यसभन्दा पहिले “पानि र झुल्के घाम”,”गाउँमा कुरा चल्छ “,”मनमा पिडा छ होला छैन भनि ढाँट्छ्यौ” अनि “यस्तै छ कहानी परदेशी को” जस्ता एल्बम तथा गितहरु बजारमा आई सकेका छन !

गितकार संघ नेपाल को आजिवन सदस्य समेत बनिसकेका कंडेलको पछिल्लो समयमा यस्तै छ कहानी परदेशी को बिदेशमा बस्ने नेपालीहरुले अत्याधिक रुचाईएको गित हो भने “यस्तै छ कहानी परढेशीको भाग -२ “पनि छिट्टै बजारमा आउने तयारि रहेको कंडेल ले जानकारि गराएका छन् जुन गित जापानमा सर्वाधिक चर्चित गायक सुर्य खड्काले गाउने भएका छन ।