रुपाकोट मेला २०७२ सम्पन्न


कृष्ण रानाभाट/पोखरा
ध्रुव तारा क्लब भिरचोकको १६ औं बार्षिकोत्सबको अबसरमा पुस २९ देखि माघ १ गते सम्म भएको रुपाकोट मेला २०७२ शुक्रबार रुपाकोटमा सम्पन्न भयो । ध्रुव तारा क्लब भिरचोक, रुपाकोट १, कास्कीको आयोजनामा रुपाकोट गाविसको कार्यालय वर्नेपोखरीको प्राङ्गणमा भएको थियो ।

मेला समापन कार्यक्रममा कास्की क्षत्र न १ का सासद तथा नेपाली काग्रेस कास्कीका सभापति यज्ञबहादुर थापाले यश क्षेत्रको बिकासका निम्ति आफु सधै प्रतिबद्ध रहेकोे बताउदै क्लबले गरेका कार्यको स्रहाना गरेका थिए । मेलामा आयोजना भएको भलिबल प्रतियोगितामा प्रथम हुने हिमदृश्य युवा क्लब, दितिय हुने सिद्धार्थ स्मृति युवा क्लबलाई पुरस्कार बितरण गरिएको थियोे । त्यसै गरि हिमदृश्य युवा क्लबका खेलाडी रवीन गुरुङ बेस्ट प्लेयरको उपाधी पाएका थिए ।

कार्यक्रममा लोक गायक नबराज अधिकारि, सजना बास्तोला, सुभाष गुरुङ नृत्यमा सकिल खान, भद्रगोलका हास्य कलाकारद्वय सिपि पुडासैनी (धतुरे) र सुशील पौडेल, सुरत बहादुर रानाभाट, रुपाकोट क्लब, भिरचोक आमा समुह, भिरचोक इस्टमित्र सहयोग कोष पोखराका कलाकारहरुले प्रस्तुति गरेका थिए ।

unnamed-70नेपाल पर्यटन वोर्डले प्रबर्द्धन गरेको मेलाको मुख्य प्रायोजक होमबहादुर गुरुङ, उहाँ कि श्रीमती गिमाया गुरुङ तथा परिवारले गरेका थिए । भिरचोक इस्टमित्र सहयोग कोष पोखरा, चन्द्र प्रभा उच्च मा वि, भिरचोक तमु समाज, वेस्टर्न भिलेज एकेडेमी र मुस्लिम सेवा समाजले मेलालाई सहयोग गरेका थिए । कार्यक्रममा रुपाकोट रिसोर्टका सचालक पुष्प राज अधिकारी, होमबहादुर गुरुङ लगायतले बोलेका थिए ।

क्लबका अध्यक्ष प्रेमकुमार खड्काको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत क्लबका सल्लाहकार समितिका सयोजक बलराम गुरुङ र संचालन कोषाध्यक्ष मोहम्मद मोहसिनले गरेका थिए ।