जनसम्पर्क समिती स्पेनको, बार्षिक साधारण सभा बारे सूचना


नेपाली जन सम्पर्क समिती स्पेनले आगामी आईतबार स्पेनको बार्सिलोनामा  साधारण सभा सम्पन्न गर्न गई रहेको जानकारी गराउदछौं । साधारण सभाबारे सस्थाको डिसेम्बर २ तारिखको निर्णय पश्चात साधारण सभाबारे सुचनाहरु प्रकाशित गरिरहेका छौं ।

आबश्यक सम्पुर्ण तयारीहरु पुरा गरी सम्पन्न हुन गईरहेको उक्त साधारण सभामा निबर्तमान तथा भुतपुर्ब अध्यक्षज्युहरु , निबर्तमान तथा भुतपुर्ब कार्यसमितिका सम्पुर्ण कार्यकारी साथीहरु ,निबर्तमान तथा भुतपुर्ब सल्लाहाकार ज्युहरु, जन सम्पर्क समिती स्पेनका पन्जिक्रित सदस्य ज्युहरु , सम्पुर्ण क्रियाशिल सदस्य ज्युहरु , जन सम्पर्क समिती स्पेनका सम्पुर्ण साधारण सदस्य ज्युहरु ज.स.सबाट अन्य संघ सस्थाहरुमा प्रतिनिधीत्व गर्ने साथीहरुलाई उपस्थितिको लागि सहर्ष हार्दिक अनुरोध गर्दछौं ।

जन सम्पर्क समिती प्रती आस्थावान साथिहरुलाई समेत निसंकोच सभामा उपस्थित भएर आफ्ना सल्लाहा सुझाबहरु समेत प्रस्तुत गर्न सकिने बाताबरण समेत तयार गरिने जानकारी गरॉउदछौं ।  बार्षिक साधारण सभामा सस्थाको सस्थागत प्रतिबेदन तथा प्रगति बिबरण, आय व्यय बिबरण ,बिधान संसोधन प्रस्ताब प्रस्तुत गर्ने , मनोनित तथा रिक्त रहेका पदहरु घोषणा कार्यक्रम ,कार्य समितीको आगामी अवधिमा गर्ने काम तथा योजनाहरु समेत प्रस्तुत गरिने छ ।

बिद्धुतिय माध्यमबाट सबैलाई पत्राचार गरिसकियको छ कारणबश पत्र प्राप्त नभएमा यसै सुचनालाई समेत आधार मानी निम्न ,मिति स्थान र समयमा उपस्थित भईदिनु हुन हार्दिक अनुरोध गर्दछौ।

साधारण सभाबारे पुर्ण जानकारी

मिति :- १७ जनबरी २०१६ आईतबार
स्थान :- Mount Everest Restaurante
Carrer de Viladomat, 80
08015, Barcelona
समय :- अपराहन्न ४:३० बजे

नेपाली जन सम्पर्क समिती स्पेन,परिबार