मिराज र शितलको म्युजिक भिडियो सार्वजनिक…..


मुटुको धड्कन आँखाको दृष्टि तिमी नै हौ मेरो जीवन जीउनुको अर्थ पनि तिमी नै हौ मेरो….
गीतकार क्षितिजको तिमी नै हौ तिमी गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। मिराज कोइराला र शितल आचार्यको जोडी रहेको उक्त गीतको म्यूजिक भिडियोको अहिलेका चर्चित निर्देशक गम्भीर विष्टको निर्देशन रहेको छ।

क्षितिजको गीतमा बीबी अनुरागीको संगीत रहेको छ भने श्यामश्वेत रसाइलीले स्वर दिएका छन् । मिराज र शितललाई लिएर तयार पारीएको यस म्यूजिक भिडियोलाई यूरोपका केही ठाउँमा छायाँकन गरिएको छ भने नेपालका रमणीय दृश्यलाई पनि समेटिएको छ।