बेल्जियममा बिहे गरेर, नायिका गरिमाले पन्तले खोलिन् रेष्टुरेन्ट


हरियो खादा लगाएका हरि थपलिया गरिमाका श्रीमान् हुन्,नायिका गरिमा पन्तले बेल्जियममा रहेका हरि शर्मा थपलियासँग बिहे गरेकी छिन् । बिहे गरेर यी दुइले नयाँ व्यापार पनि सुरु गरिसकेका छन् ।

यी दुइले जापानिज सुसी रेष्टुरेन्ट खोलेका छन् । यो रेष्टुरेन्टको बिहिबार उद्घाटन पनि गरिएको छ । गरिमाले आफूले नयाँ व्यवसाय सुरु गरेको जानकारी फेसबुकबाटै दिएकी छिन् ।

दुई बर्ष अगाडि सांगीतिक कार्यक्रमका लागि यूरोप पुग्दा गरिमा र हरिको भेट भएको थियो । यसपछि गरिमा नेपाल भन्दा ज्यादा वेल्जियममा नै बस्दै आएकी थिइन् । चलचित्र क्षेत्रबाट टाढा देखिएकी गरिमाले सुटुक्क बिहे गरेकी हुन् ।

उनका श्रीमान् हरि शर्माले भने-‘हाम्रो बिहे भर्खरै भएको छ । अब गरिमाले यतै व्यवसाय गर्छिन् वा कलाकारितालाई नै अगाडि बढाउछिन् भन्ने टुंगो लागेको छैन ।’

गरिमासँग् प्रेम भएपछि हरि थुप्रै पटक नेपाल पनि आएका थिए । हरि र गरिमाको प्रेमको बिषयमा केही चलचित्रकर्मी मात्र जानकार थिए । हरिले गरिमासँगको प्रोफाइल पिक्चर्स राखेपनि गरिमाको अनुहार लुकाएका थिए भन्दै अनलाईनखबरले समाचारमा जनाएको छ।

निमन्त्रणा कार्ड
निमन्त्रणा कार्ड

नायिका पन्तका झोला, ठुली , लगायतका चलचित्रहरु सफल मानिन्छन्। यता थपलिया नेपाली ब्यबसायी संघ बेल्जियमका निबर्तमान अध्यक्ष समेत हुन् भने उनले जापानिज सुसी  र इन्डियन खानाका रेस्तुरेन्टहरु बेल्जियममा संचालन गर्दै आइरहेका छन ।

गरिमाको नाम बाट नै अथात् गरी सुसीको नेपाली ब्यबसायी संघ बेल्जियमका अध्यक्ष सिपी भट्टले उद्घाटन गरेका थिए। उद्घाटन कार्यक्रममा गैर आबासीय नेपाली संघ (एनआरएनए) सचिब अर्जुन कुमार श्रेष्ठ , आईसीसी सदस्य चिज कुमार श्रेष्ठ, युबराज गुरुङ, लगायत थपलियाका साथि तथा आँफन्तहरु सहभागी थिए। उद्घाटनका लागि केहि दिन अघि नै निमन्त्रणा कार्ड बनाउँदै सामाजिक संजाल फेसबुकमा सेयर गरिएको थियो।

थप तस्बिरहरु सामाजिक संजाल फेसबुक मार्फत

12410533_1099670663384613_2213337856800972034_n 12417965_1099670783384601_1492896905404759511_n 12512601_1099670813384598_6518630980269358872_n 12507627_1099670580051288_9154103580029140817_n

12540587_195525764132649_8861144182784786790_n12417583_195525834132642_5175005398828412698_n 12552984_194095580942334_3633884488358780214_n