एनआरएनए स्पेनका नियमित वैठकका निर्णयहरु


गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनको जनवरी महिनाको नियमित बैठक संघको अध्यक्ष श्री मुक्त बहादुर गुरुंगको अध्यक्षतामा बिशेष अतिथि आइ सी सी सदस्य श्री एकराज गिरी को उपस्थितिमा मिति ११-०१-२०१६ का दिन संघको कार्यालयमा सम्पन्न भयो |

स्पेन स्थित संघ संस्था का उल्लेख्य प्रतिनिधि हरु उपस्थित रहेको यस बैठक ले संघको कार्यालय स्थापना गर्नको लागि बनेको समितिको संयोजक श्री राजु शमशेर थापा ले आफ्नो जिम्मेबारी सफलता पुर्बक सम्पन्न गर्नु भएकोले वहा लाइ हार्दिक धन्यबाद दिदै आगामी दिनमा कार्यालय ब्यबस्थापन को सह-संयोजक रहनुहुने निर्णय गरियो भने भूकम्प तथा पुनर्निर्माण साथै स्पेनमा बुद्ध प्रतिमा अनावरण समिति का संयोजक श्री एकराज गिरी ले आफ्नो समिति ४ जना सदस्य हरु पछी थपिने गरि हाल मुक्त बहादुर गुरुङ, दिपक खरेल, शालिकराम डुम्रे, दिनेश गुरुङ, बिष्णु रिजाल,अर्जुन आचार्य, सन्दिप मोहन भट्टराई, ज्योति गुरुङ, जानुका रेग्मी बिनिता, दावा ऋषि श्रेष्ठ, बसन्त रानाभाट र सदस्य सचिब उमेश प्रसाद अधिकारी साथै सल्लाहकार नेपाली कन्सुलर लुइस बेल्विस रहने गरि पूर्णता दिनुभयो |

त्यसै गरि बिधान मस्यौदा समिति का संयोजक उमेश प्रसाद अधिकारीले आफ्नो समितिका साथीहरुको प्रस्तावित नाम पेश गर्नु भयो भने अनुशासन तथा मुल्यांकन समितिका संयोजक गौतम गुरुंगले पनि आगामी बैठक मा समिति पूर्ण गर्ने जानकारी गर्नु भयो |

बैठकको अर्को प्रस्ताब कार्यालय ब्यबस्थापन उपर छलफल गर्दै अध्यक्ष मुक्त बहादुर गुरुङ ले विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधि साथि हरु संग गहन छलफल गर्दै दिर्घकालिन रुपमा कार्यालय को ब्यबस्थापनको नीति तर्जुमा गरि बैठक लाइ जानकारी गराउने बताउनुभयो |

यसै गरि नेपालमा भारतले गरेको नाकाबन्दी बाट परेको औषधी तथा अपरेशन जन्य सामग्री को लागि राहत उपलब्ध गराउन बनेको राहत समितिले प्रारम्भिक चरण मा १५०० यूरो संघको केन्द्रमा दाखिला गरि सकिएको र सहयोग दाता हरुको नामावली अर्को बैठकमा सार्बजनिक गरिने जानकारी गराइयो |

अर्को प्रस्ताब सुनकली डकुमेन्ट्री बिषयमा निर्णय गर्दै बैठकले प्रदर्शनीको लागि बनेको समितिको संयोजक श्री दावा ऋषि श्रेष्ठ तथा नेपाली नेपाली डट कम का प्रधान सम्पादक बसन्त रानाभाट ज्यु लगायत सम्पूर्ण समिति लाइ सफलता पुर्बक प्रदर्शनी गराउनु भएको र पोताला रेस्टुरेन्ट मा च्यारिटी डिनर समेत गरिएकोमा हार्दिक धन्यबाद ज्ञापन गर्दै उक्त प्रदर्शनीको सम्पूर्ण आम्दानी तथा खर्च विवरण बैठक मा पेश गरि आम्दानी भएको ३१५ यूरो डकुमेन्ट्री का निर्देशक भोजराज भाट लाइ प्रदान गरिएको निर्णय गर्दै खर्च तथा आम्दानी को विवरण अनुमोदन गरियो |

यसै गरि स्पेनमा नेपाली दुताबास स्थापनाको लागि लामो समय देखि लागि परिरहेका विभिन्न संघ संस्था हरुलाई एकत्रित गर्दै यही जनवरी १८ तारीख का दिन अन्तरक्रिया गर्ने र सबै संघ संगठन संग साझा धारणा बनाइ ज्ञापन पत्र तयार गरि आवश्यक कदम चाल्ने निर्णय गरियो |

अन्तिम प्रस्ताब स्वरूप बिबिध शिर्षक अन्तर्गत एन आर एन आइ सी सी उपाध्यक्ष श्री कुमार पन्त ज्युको स्वागतार्थ राखिएको कार्यक्रम को समिक्षा गर्दै नियमित बैठक समापनको घोषणा अध्यक्ष श्री मुक्त बहादुर गुरुंगले गर्नु भयो |
उमेश अधिकारी
महासचिब
एन आर एन ए स्पेन