कास्की लेखनाथमा स्कुल बस पल्टिँदा ६ विद्यार्थीसहित ८ घाइते


सन्देश श्रेष्ठ
पोखरा । कास्कीको लेखनाथमा मंगलबार विहान साढे ९ बजे स्कुल बस दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । विद्यार्थी बोकेर विद्यालय जाँदै गरेको जुनियर सिटिजन एकेडेमीको ग १ ख १००७ नम्बरको बस लेखनाथको कन्यानीडाँडा नजिकैको भीरबाट खस्दा ६ जना विद्यार्थी, एक चालक र एक सहचालक घाइते भएका हुन् ।

घाइतेमध्ये सहचालक देवीराज सुवेदीको दाहिने खुट्टा भाँचिएको र चालक मानवहादुर गुरुङसहित ६ विद्यार्थीलाई सामान्य चोट लागेको ईलाका प्रहरी कार्यालय डाँडाकोनाक प्रहरी चौकीका ईञ्चार्ज प्रहरी निरिक्षक मित्रबहादुर आचार्यले जानकारी दिए ।

उनका अनुसार घाइते सबै जनालाई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार गरिँदैछ । उनीहरु सबैको अवस्था सामान्य छ ।कन्यानी डाँडाको उकालोबाट देब्रे मोड्ने क्रममा बस पल्टिएर १० मिटर तल खसेको प्रहरी निरिक्षक आचार्यले जानकारी दिए ।
घुम्ती काट्न नसक्दा बस दुर्घटना भएको हुनसक्ने उनको आशंका छ ।

12487260_1073678559329425_7922783481651628672_o12487069_1073678609329420_3951979676435678403_o920690_1073678642662750_5838430791548662333_o