टेबलटेनिस संघ कास्कीको सल्लाहकार समिति चयन


कृष्ण रानाभाट/पोखरा

कास्की जिल्ला टेबलटेनिस संघका अध्यक्ष उत्तम जोशीको अध्यक्षतामा शुक्रबार बसेको बैठकले द्वितीय उपाध्यक्ष तथा सल्लाहकार समिति चयन गर्नुका साथै विभिन्न निर्णय गरेको छ ।

कार्यसमितिले संघको प्रथम बैठकले द्वितीय उपाध्यक्षमा तिर्थ बस्नेतलाई विधान बमोजिम मनोनयन गरेको छ।

त्यसैगरि पुर्ब अध्यक्षहरु, राष्ट्रिय खेलाडी, शुभचिन्तक, खेलप्रेमी, सञ्चारकर्मी, सहयोगीहरुबाट ८ सदस्यीय सल्लाहकार समिति मनोनयन गरेको छ ।

सो सल्लाहकार समितिमा कमल गुरुङ, दिलबहादुर गुरुङ, बाबुराम पन्त, रमाकान्त बराल, रत्नमान गुरुङ, समाजसेवी लक्की कार्की, पत्रकार रमेश पौडेल, शुभचिन्तक दिपेन्द्र शर्मा रहेका छन।

त्यस्तै बैठकले संघका केन्द्रिय अध्यक्ष चतुरानन्द वैध, तेस्रो अधिबेशनका प्रमुख अतिथि कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यामबहादुर गुरुङ, कार्यलय प्रमुख प्रकाश वराललगाएत अतिथिहरु, कार्यक्रमको लागी हल उपलब्ध गराउने सामुदायिक सेवा केन्द्र पृथ्वी चोक, व्यानर सहयोगि प्रभात आर्ट्स, युजिन साउण्ड सिस्टम दिलिप कसौधन लगाएत सबैलाई धन्यवाद ज्ञापन गरेको छ ।

साथै बैठकले तेस्रो अधिबेशनको खर्च अनुमोदन गर्दै माछापुच्छ्रे बैंकमा रहेको खाता अध्यक्ष उत्तम जोशी, सचिव फडिन्द्र तिमिल्सिना र कोषाध्यक्ष अम्बिका राजभण्डारीको नाममा सार्ने निर्णय गरेको छ ।

त्यस्तै कार्यसमिति सदस्य कृष्ण रानाभाटलाई संघको बार्षिक कार्यक्रम तालिका सहितको २०७३ सालको भित्तेपात्रो प्रकाशन गर्न भित्तेपात्रो प्रकाशन समितिको संयोजकमा सर्बसम्मत निर्णय गरेको संघका सचिव फडिन्द्र तिमिल्सिनाले बताए ।