उत्कृष्ट प्रशिक्षकमा बार्सिलोनाका लुइस इनरिके


बार्सिलोनाका प्रशिक्षक लुइस इनरिकेले सन् २०१५ को उत्कृष्ट प्रशिक्षकको अवार्ड जितेका छन् । स्वीट्जरल्याण्डको जुरिचमा फिफा बालोन डि’ओरको विजेता घोषणा कार्यक्रममा पुरुष टीमको उत्कृष्ट प्रशिक्षकको उपाधि बार्सिलोनाका इनरिकले जिते ।

उनले पहिलो सिजनमा नै बार्सिलोनालाई स्पेनी ला लिगा, कोपा डेल रे, युरोपियन च्याम्पियन्स लिग, युईएफए सुपरकप, फिफा क्लब विश्वकप गरी ५ उपाधि दिलाएका थिए । उत्कृष्ट प्रशिक्षकको उपाधि जित्ने क्रममा उनले बार्सिलोनाका पूर्व प्रशिक्षक समेत रहेका बार्यन म्युनिखका पेप ग्वार्डिआलो र चिलीका जार्जे साम्पाओलीलाई पछि पारे ।यसैगरी महिला टीमको उत्कृष्ट प्रशिक्षक अवार्ड अमेरिकाकी प्रशिक्षकले हात पारेकी छन् ।