मेस्सीले जिते बेलन डि’अर,पाँच पटकको कीर्तिमान


जुरिच/रियल म्याड्रिडका क्रिष्टियानो रोनाल्डोलाई पछि पार्दै बार्सिलोनाका स्टार लिओनल मेस्सीले फिफा बेलन डि’अर- २०१५ जितेका छन्। पाचौ पटक सम्म फिफा वर्ष उत्कृष्ट खेलाडीको किर्तिमान राख्दै, अर्जेन्टिनाका कप्तान समेत रहेका मेस्सीले ईतिहास रचेका हुन्।मेस्सीले ४१. ३३ प्रतिशत भोट पाएर पहिलो बने भने रोनाल्डोले २७.७६ प्रतिशत र नेयमारले ७.८६ प्रतिशत भोट प्राप्त गर्दै क्रमश दोस्रो र तेस्रो बने।

स्वीटजरल्यान्डको ज्युरिचमा सोमबार साँझ एक भव्य समारोहवीच फिफा बेलन डि’अर २०१५ विजेताको घोषणा भएपछि रोनाल्डोको लगातार दुई बर्षको बिजयलाई समेत मेस्सीले तोड्न सफल भएका छन्। यस अघि सन् २००९ देखि २०१२ सम्म मेस्सी,लगातार ४ पटक उत्कृष्ट बनिसकेका थिए।

तर सन् २००८ मा एकपटक मात्र जितेका रोनाल्डोले सन् १०१३ र २०१४ मा पुन: बिजय हासिल गर्दै आँफुलाई अब्बल साबित गरेका थिए। बर्ष २०१५ का लागि मेस्सी र रोनाल्डो संगै ब्राजिल राष्ट्रिय टिमका कप्तान नेयमार पनि प्रतिस्पर्धामा थिए।

फिफाका सदस्य देशका राष्ट्रिय टिमका कप्तान, मुख्य प्रशिक्षक र पत्रकारले बर्ष खेलाडीले गरेको भोटिङआधारमा उत्कृष्ट खेलाडीको चयन गरिन्छ। नेपालबाट कप्तानको रुपमा अनिल गुरुङ, मुख्य प्रशिक्षक प्याट्रिक ओसेम्स र पत्रकारबाट राजु घिसिङले भोट दिएका थिए।

क्लब फुटबलमा मेसी र नेयमरको टिम बार्सिलोनाले स्पेनी ला लिगा, कोपा डेल रे, युरोपियन च्याम्पियन्स लिग, युईएफए सुपरकप, फिफा क्लब विश्वकप गरी ५ उपाधि जित्यो । तर रोनाल्डोको टिम रियल म्याड्रिडले भने २०१४–१५ को सिजन कुनैपनि उपाधि जितेन ।व्यक्तिगत प्रदर्शनमा गोलको गणना गर्ने हो भने सबभन्दा अगाडि रोनाल्डो रहेका छन्।

विश्वकै सबभन्दा ‘मार्केटेबल स्पोर्ट्स पर्सनालिटी’ भएका रोनाल्डो गएको सिजनमा ६१ गोल गरे भने मेसीले ५८। पूरा वर्ष २०१५ को तथ्यांकमा भने रोनाल्डोले क्लब र देशका लागि ५७ गोल र मेसीले ५२ गोल गरेका छन्। सन् २००८ देखि अहिले सम्म लगातार ८ बर्ष फुटबलमा मेस्सी र रोनाल्डोको एकछत्र राज चल्दै आएको छ।