फिफा वर्ल्ड ११ भित्र, इङि्लस प्रिमियर लिगबाट शुन्य


संसारकै उत्कृष्ट लिग ठानिदै आएको इङि्लस प्रिमियर लिग खेल्ने एक जना खेलाडी पनि फिफा वर्ल्ड ११ भित्र अटाउँन सकेनन्। स्पेनिस लिगाका दुई महारथी क्लब रियल म्याड्रिड र बार्सिलोना क्लबबाट ४-४ जना गरी ८ जना खेलाडीहरु पर्दा सिङ्गो इङि्लस प्रिमियर लिगबाट भने एक खेलाडी पनि नअटाएका हुन्।

आइतबार राति अवेर स्वीट्जरल्याण्डको जुरिचमा फिफा बालोन डि’ओरको विजेता घोषणा कार्यक्रममा फिफा वर्ल्ड ११ २०१५ घोषणा गरिएको थियो। जसमा बार्सिलोनाका चार खेलाडी परेका छन् भने र रियल मड्रिडका चार र बार्यन म्युनिख, पेरिस सेन्ट जर्मेन र युभेन्टस एक-एक खेलाडी छन् ।

अर्थात् स्पेनिस,जर्मनी,ईटालियन र फ्रान्सको लिगबाट खेलाडीहरु परे पनि अग्रेजी लिगबाट प्रतिनिधित्व शुन्य देखिएको छ।  वर्ल्ड ११ को गोलकिपरमा म्यानुअल नुयर परेका छन् । डिफेण्डरमा मार्सेलो, ड्यानी अल्भेस, सर्जिओ रामोस र थिएगो सिल्भा छन् भने मिडफिल्डमा लुका मोडि्रक, आन्द्रे इनिस्टा र पल पोग्वा छन् । लिओनल मेस्सी, नेयमार र क्रिष्टियानो रोनाल्डो उत्कृष्ट फरबार्डमा परेका छन् ।

दर्शकहरुले संसारबाट अंग्रेजी लिग सबै भन्दा बढी हेर्ने बताईए पनि, पछिल्ला बर्षहरुमा स्पेनको लिग हाबी हुँदै आएको छ। बिगत ७ बर्ष देखि नै स्पेनको लिगा खेल्ने खेलाडीले नै बेलन डि’अर” जित्दै आएका छन्। सन् २००८ मा प्रिमियर लिगबाट क्रिस्टियानो रोनाल्डो बर्ष खेलाडी बने यता अग्रेजी लिग खेल्ने खेलाडीहरु उत्कृष्ट तिनमा अटाउन पनि मुस्किल देखिन्छ।