पोखरामा सुपथ मुल्यको ल्याब्रोटरि सेवा, अब स्वस्तिक रेफरल ल्याब्रोटरीमा


कृष्ण रानाभाट/पोखरा

रामघाट गण्डकी हस्पिटल गेट अगाडि अत्याधुनिक मेसिनहरुद्वारा छिटो र सुपथ मुल्यको रेफरल ल्यावोरेटोरि संचालनमा आएको छ । पोखराका विभिन्न प्रतिष्ठित हस्पिटलहरुमा लामो समयको अनुभव भएका डाक्टर तथा वरिष्ठ मेडिकल प्राबिधिकहरुको लगानीमा स्वस्तिक रेफरल ल्याब्रोटरि एन्ड रिसर्च सेन्टर संचालनमा ल्याएका हुन् ।

करिब एक करोडको लगानी रहेकोे उक्त सेन्टरमा हिस्टोप्याथोलोजी, साइटोप्याथोलोजी र कल्चरको रिपोर्ट आउन एक दुई दिन लाग्ने भएपनि अन्य परिक्षणको रिपोर्टहरुको ISO सर्टिफाईड मेसिनहरुद्वारा सस्तो र सुलभ मुल्यमा एक घन्टा भित्रै उपलब्ध गराउन सकिने सेन्टरका क्लिनिकल बायोकेमिस्ट मुकुन्द कलौनिले बताए ।

सो स्वस्तिक ल्याब्रोटरिमा क्लिनिकल प्याथोलोजी, हिस्टोप्याथोलोजी, साईटोलोजी, क्लिनिकल बायोलोजी र इम्युनोलोजी लगाएतका बिभागहरु रहेको पनि कलौनिले बताए । प्याथोलोजी बिभागमा डा. सुनिता रानाभाट, डा. शुस्मा थापा र सिनियर मेडिकल प्राबिधिक रबिन्द्र अधिकारी रहेका छन् ।

त्यसैगरी माइक्रो बायोलोजी बिभागमा धर्मराज भट्ट, बिपिन चापागाईं, आर.के. सिंह र बि.के. यादव रहेका छन् भने बायोकेमेस्ट्री बिभाग मा बि.डि. भट्ट, मुकुन्दराज कलौनी, एस.के. यादव, नरेश पाण्डे र बिजयकुमार थापा रहेका छन् ।

अन्तर्राष्ट्रिय अवार्डहरु योङ साईन्टिस्ट अवार्ड २०१० (साउथ कोरिया), आई.एस.इ अवार्ड २०१२ (इटाली), ए.पि.एस.एच अवार्ड २०१४ (फिलिपिन्स) र इ.आइ.डि अवार्ड २०१४ (कतार) प्राप्त वरिष्ठ मेडिकल प्राबिधिक प्रबिण ज्ञावलि र आई.एस.इ अवार्ड २०१२ (इटाली), ध्रुव आचार्य रिसर्च सल्लाहकारमा रहेका छन् ।