युरो नेपाल कलाकार संघको अध्यक्षमा पार्वती अधिकारी निर्बाचित


बार्सिलोना/युरो नेपाल कलाकार संघको तेस्रो अधिबेशनबाट पार्वती अधिकारी अध्यक्षमा निर्बाचित भएकी छन्। सन् २००७ देखि बेल्जियममा सक्रिय रहेको संघमा कोषाध्यक्ष तथा सल्लाहकारको भूमिका निर्बाह गरिसकेकी अधिकारी अध्यक्षमा सर्बसम्मत निर्बाचित भएकी हुन्।

यस्तै संघको तेस्रो अधिबेशनले ११ सदस्यीय नयाँ कार्यसमिति समिति चयन गरेको छ। संघको उपाध्यक्षमा गरुड ध्वज गुरुङ(जिमी),महासचिबमा मुना ताम्राकार,सचिव शान्ती पुन र कोषाध्यक्षमा अमर राना चयन भएका छन्। यस्तै कार्यसमितिका सदस्यहरुमा नारायण धिताल, दुर्गा काजी शाक्य, संजय श्रेष्ठ (देबु), शारदा थापा,मिन थापा र दिपिका केसी रहेका छन्।  संघको सल्लाहकारहरुमा संस्थापक अध्यक्ष मिन गुरुङ्, ,बलराम पुन, रफी शाह,र पदेनको रुपमा एनआरएनए बेल्जियमका अध्यक्ष गंगाधर गौतमचयन भएका छन्।

प्रमुख अतिथिको रुपमा बेल्जियमका लागि नेपाली राजदुत राममणी पोखरेलले तेस्रो अधिबेशनको उद्घाटन गरेका थिए।कार्यक्रममा बिशेष अतिथिको रुपमा एनआरएनए युरोप उप- संयोजक प्रेम गुरुङ,आईसीसी सदस्य जानकी गुरुङ,एनआरएनए बेल्जियमका अध्यक्ष गंगाधार गौतम लगायत बेल्जियम स्थित संघ सँस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो।941046_1097520016933011_4496256556059724841_nतेस्रो अधिबेशनबाट अध्यक्षमा निर्बाचित भए पछि अधिकारीले प्रबासमा नेपाली कला र संस्कृतिलाई प्रबर्धन तथा जगेर्ना गर्न आफ्नो क्षेत्रबाट लागि पर्ने बताईन्। उनले नेपालीनेपाली डटकमलाई भनिन् ,”संघलाई अझ बिस्तार गरी युरोपका अन्य मुलुकहरुका कलाकारहरुलाई पनि समेट्न जरुरी छ यसका लागि पनि मैले आफ्नो कार्यकालमा कोशिस गर्ने छु।” नेपालमा रहँदा पनि अधिकारी करिब १ दशक जति नेपाली चलचित्र,टेलिचलचित्र ,नाटक,लगायत कलाकारिता क्षेत्रमा आबद्द रहेकी थिईन्।

सन् २००७ मा स्थापना भएको संघको सँस्थापक अध्यक्षमा मिन गुरुङ रहेका छन् भने पहिलो र दोस्रो अधिबेशनबाट अध्यक्ष बन्दै पदम गुरुङले जिम्मेबारी निर्बाह गरेका थिए।

तपाईको प्रतिक्रिया