पोर्चुगलका मृगौला पिडितलाई डेनमार्कमा,करिब ४ लाख ७० हजार रुपैयाँ संकलन


बार्सिलोना/ बिगत ५ बर्ष देखि पोर्चुगलको लिस्बनमा बस्दै आएका पर्बत सालिजा-४ भोटेडाँडाका ३२ बर्षिय जया सुबेदीको उपाचारको लागि डेनमार्कबाट पनि करिब ४ लाख ७० हजार रुपैयाँ (३० हजार ५ सय २३ डेनिस क्रोन) सहयोग संकलन भएको छ। डेनमार्क निबासी उदयराज गौतम,सोम सापकोटा र शेलेन्द्र अधिकारीले भाईबर ग्रुपबाट अभियान चलाउँदै सुबेदीको उपाचारका लागि डेनमार्कबासी नेपालीहरुबाट रकम संकलन गरेका हुन्।

जय सुबेदी बचाउँ अभियान डेनमार्कको शनिबार बसेको बैठकले रकमलाई एकमुष्ठ गरी गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको च्यारिटी एकाउन्टमा जम्मा गर्ने निर्णय गरेको छ। सहयोग संकलन अभियानलाई समेत अन्त्य भएको जनाउँदै बैठकले सुबेदीको उपाचारका लागि बिल भर्पाई अनुसार रकम निकासा दिनको लागि सम्बन्धित निकायलाई अनुरोध गर्ने जनाएको छ।

यदी कदम कदाचित उक्त रकम उदेश्य अनुरुप खर्च हुन नसकेमा वा रकम पर्याप्त भई बचत हुन आएमा पुन: छलफल गरी अर्को निर्णय गरि अन्य बिपतमा परेको बिपन्न बिरामीहरुको उपाचारमा लगाउने निर्णय गरेको पनि बिज्ञप्ति मार्फत जनाएको छ।छलफलमा तिन अभियानकर्ता सहित यामलाल सुबेदी,त्रिलोक सापकोटा,प्रभात किरण,दिनेश बस्याल,महेश खत्री,दिपेन्द्र सुबेदी लगयातको उपस्थिति रहेको थियो।

पिडित सुबेदीको मृगौला प्रत्यारोपणको लागि युरोप भर विभिन्न देशका संघ संस्था,व्यक्तिगत पहलमा सहयोग संकलन भईरहेको छ। पिडितले लिरिबस किड्नी सेन्टर र बेन्फिका लिस्बनबाट हरेक हप्ता, ३ पटक डाईलोसिस गराउँदै आएका छन्। पोर्चुगलमा मृगौला प्रत्यारोपणका लागि करिब एक दशक नै पर्खनु पर्ने आफ्नो बाध्यता रहेको र लामो समय सम्म डाईलोसिस गराउनु भन्दा, नेपाल वा दिल्ली पुगेर मृगौला प्रत्यारोपण गर्ने भन्दै यस अघि पिडितले सहयोग अपिल गरेका थिए।

यसअघि सामाजिक संजाल फेसबुकद्वारा पत्रकार निराजन श्रेष्ठको पहलमा स्विजरल्याण्डमा संकलन भएको १ हजार १ सय ५५ युरो पिडित सुवेदीको नाममा ट्रान्सफर गरिएको थियो।

युरोपका बिभिन्न ठाउँहरुबाट संकलन भएको रकम, सिधै बिरामीलाई दिने वा एकमुष्ट रुपमा संकलन गरेर, “उपाचारका लागि यसरी प्रयोग गर्ने” भन्ने बारे आधिकारिक जानकारी भने सार्बजनिक हुन सकेको छैन।

जय सुबेदी बचाउँ अभियान डेनमार्कले गरेका निर्णयहरु :-12512122_1317665471583294_1423879735_n