स्पेनका नेपालीहरुले निशुल्क: कानुनी परामर्श लिए


बार्सिलोना / नेपाली जनसम्पर्क समिति स्पेनले नेपालीहरुको अध्यागमन तथा कानुनी समस्याका बारेमा परामर्श तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । स्पेनका नेपालीहरुले भोग्रु परेका अड्चन तथा समस्याका बारेमा अधिबक्तासँग निशुल्क: परामर्श कार्यक्रम सम्पन्न भएको हो।शुक्रबार बार्सिलोनामा सम्पन्न कार्यक्रममा कानुनी परामर्श दिनको लागि स्पेनिस अधिबक्ता आना मारिया पेरेज ओगेर सहभागी बनेकी थिईन्।

सहभागीहरुले परिबार पुनर्मिलनको प्रक्रिया तथा आबश्यक कागजपत्र,रेसिडेन्सी कार्ड नबिकरण,ईयु कार्ड लगायत स्पेनिस पासपोर्टका लागि आबेदन दिदा परिबर्तन भएका प्रकियाको बारेमा जिज्ञासा राखेका थिए। अधिबक्ता आनाले सहभागीहरुका जिज्ञासाहरुलाई सम्बोधन गर्दै सुझाव तथा सल्लाह दिएकी थिईन्।

नेपाली जनसम्पर्क समिति स्पेनका अध्यक्ष शालिकराम डुम्रेले आउँदा दिनमा पनि कसैलाई कानुनी जटिलता भएको खण्डमा निशुल्क परामर्शका लागि आँफुलाई सम्पर्क गर्न अनुरोध गरेका छन्। उनले परामर्श दिने क्रममा केही सहभागीहरुको समस्या जटिल देखिए पछि ,अधिबक्ताको कार्यलयमा नै पुगेर समाधानको पहल गर्ने प्रतिबद्दता ब्यक्त गरे।12525213_559748437534063_5300209644245460096_oपरामर्श तथा अन्तरक्रिया कार्यक्रममा सहभागीहरुलाई सरल रुपमा बुझाउँनको लागि जनसम्पर्क समिति स्पेनका संस्थापक अध्यक्ष चिन्तामणी सापकोटाले दोभाषेको भूमिका निर्बाह गरेका थिए। गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका सदस्य एक राज गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा समितिका पुर्ब अध्यक्ष पुष्प राज भण्डारी,एनआरएनए स्पेनका उपाध्यक्ष राजु शमशेर थापा लगायत बिभिन्न संघ सँस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

समितिका अध्यक्ष शालिकराम डुम्रेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागीहरुलाई उपाध्यक्ष बिष्णु रिजालले स्वागत गरे भने कार्यक्रमको संचालन सन्दिप मोहोन भट्टराईले गरेका थिए।

 

12493445_559748440867396_1838808622609053723_o981124_559748444200729_3619532184006126247_o