नेपाल ब्रसेल्स मिलन केन्द्रको नयाँ बर्ष बिशेष कार्यक्रम सम्पन्न


बार्सिलोना/ नेपाल ब्रसेल्स मिलन केन्द्रले अग्नेजी नयाँ बर्षको अबसरमा बिबिध साँस्कृतिक कार्यक्रम सहित शुभकामना आदनप्रदान गरेको छ। नेपाली समुदाय माँझ गत आईतबार ब्रसेल्समा नयाँ बर्षको अबसरमा शुभकामना साटासाट गरेको हो।कार्यक्रममा स्थानीय कलाकारहरुले नेपाली गीत संगीत तथा नृत्यहरु प्रस्तुत गरेका थिए। ब्रसेल्समा सम्पन्न कार्यक्रमको उद्घाटन प्रमुख अतिथिको रुपमा गैर आवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद बेल्जियमका अध्यक्ष गंगाधर गौतमले गरे।

संस्थाकी अध्यक्ष इश्वरा शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गैर आबासीय नेपाली संघ (एनआरएनए) का सचिव अर्जुन कुमार श्रेष्ठ,महिला उप–संयोजक रजनी प्रधान यूरोप उप-संयोजक प्रेम गरुङ,एनआरएनए बेल्जियमका संस्थापक अध्यक्ष रबिन्द्रमान श्रेष्ठ, नेपाली ब्यवसायिक संघ बेल्जियमका अध्यक्ष सिपि भट्ट,टप मोडल बेल्जियम २०१६ मा फाईनल प्रतियोगी योगिता थापा ,साहित्यकार बिमल गिरी,नेपाल ब्रसेल्स मिलन केन्द्रका सस्थापक अध्यक्ष उत्तम गौतम लगायतले बिचार सहित शुभकामाना ब्यक्त गरेको संस्थाका महासचिव सन्तोष खड्काले जानकारी दिए।