“कठै मेरो देश !”


- शाेभराज पाैडेल

– शाेभराज पाैडेल

गत बैशाख १२ गते गएकाे बिनासकारी भुकम्पले गर्दा हजाराै नेपालीले अकालमा ज्यान गुमाउनु प‌र्याे ।बाच्नेले पनि अाफ्नाे सारा घरबास अनी सम्पती नष्ट भएर पिडा खेपी रहँदा एउटै चाहाना राजनैतिक परीवर्तन हाेला र देशले संबिधान पाउला भनी आशा गरेका थिए।वर्षातकाे समयलाई जसाेतसाे पाखा लगाई परिवर्तनकाे अाशा बाेकेका भुकम्प पिडित जनता माैसम परिवर्तन सँगै बढेकाे चिसाेका कारण थप सास्ती बेहाेर्न बाध्य छन।

संघीय लाेकतान्त्रीक गणतन्त्रात्मक देश नेपाल भनी संबिधानले घाेषणा गरेता पनी नेपाली जनताले सुख र अान्नदका साथ बाँच्न सकेकाे अवस्था छैन।संबिधानका धारा अनी उपधारा केबल किताबी पानामा मात्र सिमित भई रहँदा नागरीकका हक अधिकारकाे कुनै वास्ता छैन सरकार चलाउने हस्तीहरूलाइ। देशका नागरीकले सम्मान साथ बाँच्ने अधिकारलाई समेत कुण्ठीत पारीएकाे छ।यस जटील परिस्थीतीमा सरकारकाे अाैचित्य र अाबश्यकता किन? भन्ने प्रश्न तिन कराेड नेपालीकाे मन मस्तीष्कमा उब्जी रहेकाे छ।

भुकम्प पिडित जनता खुल्ला अाकासमुनि चिसाे रात काट्न बाध्य छन।न्यानाे कपडाकाे अभाबमा भुकम्प पिडितहरुले ज्यान गुमाईरहेका छन्। न्यानाे कपडा किन्न भनि सरकारले दिने भनेको रकम अझै सम्म पनि पिडितले पाउन सकेका छैनन् भने कतै सामान्य क्षती भएका तर नक्कली भुकम्प पिडित राताे कार्ड बनाई अायस्राेत जुटाउन तल्लीन देखीन्छन।

सत्तामा पुगेपछी कुर्चिकाे अाशा गर्ने राजनैतिक नेतृत्व सम्हालेका शोषकहरु देशका नागरीक प्रति अधिकांस रूपमा गैर जिम्मेवार हुने गरेका छन।सिमाङ्कन र प्रदेश वाँडफाँडकाे बिषयमा भएकाे मधेस अान्दाेलन ले उग्ररूप लिँदै गइरहेकाे छ।दिनहुजसाे भइरहने झडपमा परि ५० भन्दा बढि नागरीककाे ज्यान गईसकेकाे छ।यस अवस्थामा पनि सरकार मधेसी समुदायकाे माग प्रती गंभिर भएको देखिदैन।

गरिब देशका धनी जनतारू एक सयकाे पेट्राेल पाँचसय अनी चाैधसयकाे ग्यास अाठ हजार तिरेर किन्न तत्पर देखीए। याे उनिहरूकाे बाध्यता हाे कि मुर्खता अाफै बुझ्नुपर्ने छ। तर सरकारले कालाबजारी नियनत्रण गर्न नसक्दा निर्दाेश जनताले झनै कष्ट बेहार्नु परेकाे छ।कृतिम अभाब सिर्जना गरेर मुल्य बृदि हुदा सम्म सरकार माैन छ।

अरूबेला भारतकाे चाकडी गर्नेहरू देशकाे माैलिक पारबहन अधीकार खाेसिदा समेत केही बाेल्न नसकेकाे अवस्था छ।खाना पकाउने ग्यास छैन,बस्तु तथा सेवाकाे मुल्य बृदि,लाेडसेडीङ,कालाेबजारी हरेक कुरामा निष्कृय सरकारकाे अाैचित्य के त? दुई वर्ष भित्र देशलाई लाेडसेडीङ मुक्त बनाउँछाै भनि झुठाे आश्वासन दिने सरकार प्रमुख देशका नागरीक काे दयनिय अवस्था प्रति गैर जिम्मेवार देखिन्छन।

उधाेग धन्दा बन्द हँदा ‍श्रमजीबी मज्दुरहरू निष्कृय बन्दै गईरहेका छन।यसले गर्दा बेराेजगारी झनै बढ्ने कुरा सुनिष्चीत छ। जनमानसकाे एउटै गुनासाे सरकारकाे अाबश्यक्ता किन? भन्ने प्रश्न काे उत्तर दिन अानाकानी गर्दैछन राजनितीज्ञहरु। रेमिटेन्स अर्थात बैदेशीक राेजगारीबाट चलेकाे अर्थब्यबस्थामा नकारात्मक प्रभाब पर्दै गईरहेकाे छ। यही अवस्था रहे देशले गंभिर संकट बेहाेर्नु पर्ने सुनिश्चित छ।

राजनीतिक अस्थिरताको माँझ हामी जस्ता युवाहरुले कस्तो सपना देख्ने ? दिनप्रति दिन युवाहरु विदेश पलायन भई रहेको बेला,स्वदेशमा नै बसेर केहि गर्ने बिश्वास कहाँबाट लिने ? आज म जस्ता धेरै युवाहरुलाई जबाफ चाहिएको छ। अन्तरआत्माबाट निस्केको प्रश्न पनि यही नै हो। बिहान उठे देखि राति बिस्तारमा नपुग्दा सम्म देश प्रति धेरैनै माया लागेर आउँछ,दया जागेर आउँछ त्यसैले पटक पटक भन्न मन लाग्छ,“कठै मेरो देश !”

– अारूखर्क ५ स्याङग्जा ।