नेपाल स्वीस डटकमले छैटौ बार्षिकोत्सव मनाउने


स्विट्जरल्याण्ड। स्विट्जरल्याण्डबाट संचालित नेपाल स्वीस डट कमले आफ्नो छैटौ बार्षिकोत्सव मनाउने भएको छ । नेपाली भाषा, साहित्य, कला, संस्कृति र पत्रकारीता क्षेत्रको प्रवर्धनमा सहयोगी बन्दै आएको मिडियाले आगामी २० फ्रेबुबरीमा बार्षिकउत्सव मनाउँन लागेको हो।

छैठौं बार्षिकोत्सव समारोहमा एक औपचारिक कार्यक्रम सहित सांस्कृतिक सांझ, युरोप र स्विट्जरल्याण्डका विभिन्न व्यक्तित्वलाई सम्मान कार्यक्रमको आयोजना समेत गरिएको जनाएको छ।

नेपाली डायस्पोराका कृयाकलापहरुलाई प्रस्तुत गर्ने चौतारी प्रदान गर्ने उदेश्यले नेपाल स्वीस डट कमको स्थापना सन् २०१०, जनवरीमा भएको हो। सन् २०१६, जनवरीमा यसले आफ्नो छैठौं बर्ष पुरा गर्दैछ।