नेपाली चेली प्र्सुनाले जितिन् रुल दि रनवे युके


लन्डन ।नेपाली चेली प्रसुना कँडेल रुल दि रनवे यूकेको महिला तर्फ फोटो प्रतियोगिताको बिजेता बनेकी छिन ।महिला तर्फ प्र्सुनाले फेसबुक तथा ट्विटरमार्फत् अनलाइन भोटिङबाट करिब ४२ हजार भोट पाउँदै बिजेता बनेकी हुन्। ४ जनवरीसम्मको अनलाइन भोटिङमा सर्वाधिक मत प्राप्त गर्ने एक फिमेल र एक मेल प्रतियोगीलाई बिजेता घोषणा गरिएको छ ।

यसका साथै उनि आगामी फेब्रुअरीमा बेलायतमा आयोजना हुने अन्तर्राष्ट्रिय मोडलिङ प्रतियोगितामा नेपाली मोडल प्रसुना छानिएकी छन् । रुल दि रनवे बेलायतले संसारभरिबाट छानिएका ती मोडललाई सो प्रतियोगितामा सहभागी गराउँछ । बेलायतको बर्मिङघममा हुने प्रतियोगितामा पुग्न उनीसहित विभिन्न देशका ३० जना प्रतिस्पर्धामा छन् ।रुल दि रनवे बेलायतले हरेक बर्ष आयोजना गर्ने यो प्रतियोगितमा पुग्ने प्रसुना पहिलो नेपाली मोडल हुन् ।

फोटो प्रतियोगिताको नतिजास्वरुप अन्तिम प्रतिस्पर्धाको मिस फोटोजेनिकमा तीन नम्बर बोनस पाउनेछिन। यसले उनलाई टाइटल जित्न सहयोग पुग्नेछ। संसार भरिका ब्यवसायिक रुपमा काम गर्ने मोडलसँगको प्रतिस्पर्धापछि प्रतियोगितमा सहभागी हुन पाउनु नै ठूलो सफलता भएको प्रसुन्नाले बताइन् । सन् २००७ देखि मोडलिङ क्षेत्रमा पाइला राखेकी कँडेलले यदि उपाधि जिते राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीसँग व्यवसायिक रुपमा काम गर्ने अवसर प्राप्त हुने बताइन् ।

उनी नसिंङ एसोसिएसन यूकेकी उपाध्यक्षसमेत छन् । यसअघि कँडेलले सन् २०१२ मा सम्पन्न फेस अफ प्युरिटीको फाइनलिष्टमा छनोट भएर मिस पब्लिक च्वाइस अवार्ड जितिसकेकी छन् ।