बार्सिलोनामा यसरी मनाईयो तमु ल्होछार (फोटोफिचर सहित)


बार्सिलोना/ भूकम्पमा परि ज्यान गुमाएकाहरुको सम्झना गर्दै तमु समाज स्पेनले ल्होछारको उपलक्ष्यमा शान्ति तथा स्वस्ती पुजा सम्पन्न गरेको छ। अकल्पनिय रुपमा गत बर्ष भूकम्पमा परी हजारौले ज्यान गुमाएकाहरुको सम्झना तथा घाईतेहरुको शिघ्र स्वास्थ्यलाभको कामाना गर्दै समाजले पुजा सम्पन्न गरेको हो। शुक्रबार बार्सिलोनामा आयोजित कार्यक्रममा कासा डेल टिबेटका अध्यक्ष वाङ्ग चुङ्गले करिब २० मिनेट सम्म शान्ती पुजा गरेका थिए।

गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका सदस्य एक राज गिरीले कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै ल्होछारमा, नेपाल र नेपालीहरुको सम्झना गर्दै निकै फरक ढंगले कार्यक्रम आयोजना गरेको भन्दै तमु समाजको प्रशंसा गरे। तमु समाज स्पेनकि अध्यक्ष ज्योती गुरुङले बर्ष २०१५ मा गएको भूकम्पका कारण,सबै नेपालीहरुलाई भाबबिहोल बनाएको भन्दै यस बर्ष फरक किसिमको कार्यक्रम राखेको बारे जानकारी गराईन्।859025_1080279165339576_6928373842100449041_oकार्यक्रममा समाजका संस्थापक अध्यक्ष बेन बहादुर गुरुङ,एनआरएनए स्पेनकी उपाध्यक्ष जानुका रेग्मी खनाल,पत्रकार वसन्त रानाभाट, गौतम गुरुङ,कुमार गुरुङ लगायतले बोलेका थिए। शान्ति तथा स्वस्ती पुजा सम्पन्न भए पछि केहि मौलिक गीत तथा नृत्यहरु कलाकारहरुले प्रस्तुति गरेका थिए।

कलाकार धन बहादुर गुरुङले गरेको नृत्यलाई सबैले मन पराए। गीत संगीत तथा नृत्य देखाउँदै समी गुरुङ,गौतम गुरुङ,शोभा गुरुङ् मारीया गुरुङ्,शरण गुरुङ् ,प्रेक्षा गुरुङ,प्रेरक गुरुङ् लगायतले मनोरञ्जन प्रदान गरे। समाजकी अध्यक्ष ज्योती गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन महासचिव बेल काजी गुरुङ र कोषाध्यक्ष दीपा गुरुङले गरेका थिए।12418979_1080276038673222_2681908585611571483_o12466239_1080276332006526_6761235903966512877_o12419352_1080276172006542_1054468765136570979_o10628714_1080276282006531_7619004184915067134_o1397221_1080275658673260_1690384910859248488_o12401909_1080276152006544_7631751479937800999_o12485949_1080275958673230_5696911032575557612_o12471821_1080275972006562_1258478321319934840_o12486091_1080276058673220_8377292418735780079_o

12469588_1080286118672214_2779449636898956635_o 12419179_1080286098672216_81677064717014895_o 12419059_1080286102005549_3109968453796984616_o 12402194_1080286182005541_7296039404879844868_o 12473966_1080286185338874_7831128229989493254_o 12469464_1080286192005540_5941020577693599863_o 10623411_1080286302005529_7946019983323611788_o 12401980_1080286305338862_1217759262258781593_o 12419172_1080286315338861_7309369632659953255_o 12473844_1080286465338846_3373465561600338349_o