सप्तरङ्गि युवा क्लबद्वारा निशुल्क झोला बितरण


रानाभाट/पोखरा १८ पुस।

पोखरा उपमहानगर पालिका वडा न ९ स्तिथ सप्तरङ्गि युवा क्लबको आयोजनामा शनिबार निशुल्क झोला वितरण गरेको छ ।

प्लास्टिक झोलाले बाताबरणलाई कुरुप मात्र नबनाई मानिसको स्वास्थ्यमा दीर्घकालीन असर पार्ने भएकोले युवाहरूलाई बातावरण संरक्षण लाग्न प्रेरित गर्ने कार्य क्लबले गरेको बताउदै क्लबलाई सबैले सहयोग गर्नु पर्ने कार्यक्रमका प्रमुख अतिथि वडा सचिव लोक दर्शन कोइराला ले बताए ।

युवाहरूले गरेको सामाजिक कार्यमा सहयोग गर्न पाउदा खुशी लागेको झोला वितरण गर्न सहयोग गरेको भन्दै क्लबले गरेका हरेक कामलाई सहयोग गर्न आफू तयार रहेको युनिक लेडिज फेसनका संचालक भिम गौतमले बताए ।

उक्त कार्यक्रममा टोल बिकास सस्था, आमा समूह, क्लबका सदस्यहरु लगाएत भाडामा बस्नेहरु समेतलाइ दुई सय पिस कपडाको झोला बितरण गरिएको क्लबका अध्यक्ष प्रकाश बास्तोलाले बताए ।

“सेती नदि बचाउ अभियान अन्तरगत प्लाष्टिकको बैकल्पिक झोला प्रयोग गरौं , बाताबरण स्वच्छ बनाउ।” नारा लेखिएको झोला महिला अधिकारका लागि एकल महिला समुहले उत्पादन गरि सुपथ मुल्यमा बिक्रि गर्दै आएको छ।

कार्यक्रममा श्री कृष्ण टोल बिकास सस्थाकि सचिव मुना बास्तोला, श्री कृष्ण मन्दिर सेवा समितीका अध्यक्ष नुरप्रसाद गौतम लगाएतले बोलेका थिए ।