आतसवाजी हेर्न भेला भैरहेका बेला,दुबईको होटलमा आगलागी


बीबीसी/ दुबईको एक बहुतले होटलमा आगलागी भएको छ। संसारकै सबैभन्दा अग्लो भवन, बुर्ज खलिफा, नजीकै रहेको ३०० मिटर अग्लो सो होटलको २० औं तलाबाट आगो शुरु भएको जनाइएको छ। हताहतिको विवरणहरु प्राप्त भैसकेको छैन।

घटनास्थलमा पुगेका थुप्रै दमकलहरुले आगो निभाउने प्रयास गरिरहेका छन्
‘दि एड्रेस’ नामक ६० तले उक्त भवनमा विलासी पाँच तारे होटल तथा आवासीय परिसर पनि रहेका छन्  न्भनी बीबीसीले समाचारमा जनाएको छ।

बुर्ज खलिफामा नयाँ वर्ष २०१६ को पूर्व सन्ध्यामा गरिने आतसवाजी हेर्न मानिसहरु भेला भैरहेका बेला उक्त आगलागी भएको थियो। आगोको लिप्का टाढा टाढाबाट देख्‍न सकिन्थ्यो। आगलागीको कारण थाहा हुनसकेको छैन। घटनास्थलमा पुगेका थुप्रै दमकलहरुले आगो निभाउने प्रयास गरिरहेका छन्।

_87441810_d7070a34-e5b0-4082-8259-f055c963b046