हेल्पिङ्ग ह्यान्ड्स फर नेपाल–नर्वेको प्रथम साधारण सभा सम्पन्न


ओस्लो/ हेल्पिङ्ग ह्यान्ड्स फर नेपाल–नर्वेको प्रथम साधारण सभाले गोरख चन्दको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । नर्वेको राजधानी ओस्लोमा बुधबार सम्पन्न एक भेलाले सर्बसम्मत नयाँ कार्यसमिति चयन गरेको हो। समितिको उपाध्यक्षमा सुदिप पाण्डे, दिपक महत र विश्वास बजगाई निर्वाचित भएका छन्।

यस्तै महासचिवमा कृष्ण श्रेष्ठ, सचिवमा मिसर लामिछाने, कोषाध्यक्षमा निर्मल पौडेल चयन भएका छन्। यसैगरी कार्य समितिका सदस्यहरुमा भिमसेन सारु, पदम सुवेदी, संजीव अधिकारी, महेश बटु, विष्णु गौतम, मनोज अधिकारी, विकास चन्द्र भट्राई, ज्ञानू गौतम, रत्न सापकोटा, जितेन्द्र शाही, राजन श्रेष्ठ, प्रतिक्षा के.सी, खेम तिमिल्सना रहेका छन् ।

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद नर्वेका अध्यक्ष कुमार पण्डितले प्रमुख अतिथिको रुपमा भेलालाई सम्बोधन गर्दै हेल्पिङ्ग ह्यान्ड्स फर नेपाल–नर्वेद्धारा सम्पन्न गतिविधिहरुको प्रशंसा गरेका थिए। उनले आगामी दिनमा एनआरएनए पनि सहकार्य गर्दै अगाडि बढ्न इच्छुक रहेको बताए ।

10366253_538857582949214_7708873567820973961_nनवनिर्वाचित अध्यक्ष गोरख चन्दले विदेशमा रहेका नेपालीहरुले आफ्ना स्वदेशमा रहेका नेपालीहरुलाई सहयोग गर्न एकजुट हुन आग्रह गर्दै आर्थिक सहयोग गर्दा पैसा मात्र नभई भावना पनि जोडिने विचार व्यक्त गरे । साधारण सभामा मदन आचार्यले संस्थाको गतिविधिबारे जानकारी गराए भने दिपक महतले संस्थाको आय–व्यय प्रस्तुत गरेका थिए ।

कार्यक्रममा नेपाली जनसम्पर्क समिति नर्वे, प्रवासी नेपाली मञ्च, नेपाली जनप्रगतिशील मञ्च, विवेकशील नेपाली, नेपाली विद्यार्थी समुदाय ओस्लो, नेपाली र्पोचुगिज समाज लगायत बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुले शुभकामना व्यक्त गरेका थिए ।
सन् २०१३ मा स्थापित यस सामाजिक संस्था, हेल्पिङ्ग ह्यान्ड्स फर नेपाल–नर्वेले नेपालको शिक्षा क्षेत्र, नेपाली संस्कृतिको प्रर्वद्धन र प्राकृतिक विपत्ति जस्तै भुकम्प पिडितहरुलाई आर्थिक सहयोग गर्दै आईरहेको छ ।