ब्रसेल्समा आक्रमणको योजना बनाएका थप ६ जना प्रकाउ


ब्रसेल्स/नयाँ बर्षलाई लक्षित गर्दै,बेल्जियमको राजधानी ब्रसेल्समा  आतङ्ककारी हमला गर्ने षड़यन्त्र गरिरहेका ठानीएका, छ जनालाई बिहिबार प्रहरीले प्रकाउ गरेको छ। प्रहरीले सुरक्षा खानतलासी गर्दा थप ६ जनालाई प्रकाउ गरेको बीबीसीले समाचारमा जनाएको छ

नयाँ बर्षलाई लक्षित गर्दै,आक्रमणको तयारी गरेको आशङ्कामा बुधबार राति दुई जना सङ्कास्पद व्यक्तिलाई प्रकाउ गरेको खबर आईरहेदा, फेरि थप ६ जनालाई प्रकाउ गरेको छ। हिरासतमा लिइएका थप ६ जनासंग सोधपुछ गरिरहेको छ।

बेल्जियमको सुरक्षा व्यवस्था निकै कडा पारिएको छ। आक्रमणको त्रास बढे पछि नयाँ वर्षको पूर्व सन्ध्यामा बिहीबार राति हुन लागेका आतिसबाजी लगायतका कैयौं कार्यक्रम समेत यस अघि नै रद्द भएको घोषणा गरिएको थियो।

युरोपका अन्य ठूला शहरहरुमा पनि नव वर्षको उत्सव मनाउने कार्यक्रमस्थलहरुमा सुरक्षा व्यवस्था कडा तुल्याइएको छ। तिनमा प्यारिस, लण्डन, बर्लीन र मस्को पनि छन्।यसैबीच टर्कीको सुरक्षा अधिकारीहरुले आफ्नो देशमा गर्न लागिएको एउटा ठूलो हमलाको योजनालाई भंग गरिदिएको दावी गरेका छन्। टर्कीमा प्रहरीले राजधानी अंकारामा हुने नव वर्ष समारोहहरुमा हमला गर्ने षडयन्त्र गरेको आशंकामा दुईजनालाई गिरफ्तार गरेको छ।

यसै हप्ता केही अघि अष्ट्रीयाको प्रहरीले आफुसंग मित्रतापूर्ण सम्बन्ध रहेको गुप्तचर निकायले क्रिशमस र अंग्रेजी नयां वर्षको अवसरमा युरोपका ठूला शहरहरुमा हमला हुन सक्ने जोखिम रहेको बताएको जनाएको थियो।151125081107_brussels_metro_624x351_ap_nocreditआक्रमण हुनसक्ने आशङ्कामा राजधानी ब्रसेल्समा प्रहरीले सुरक्षा खानतलासी जारी राखेको छ। गत नोभेम्बर महिनामा फ्रान्सको राजधानी पेरिसमा भएको आतङ्ककारी हमलाका कारण ब्रसेल्समा पनि त्रास बढेको हो । सो हमलाको मुख्य योजनाकार ब्रसेल्समा बस्ने गरेको तथ्य पछि खुलेको थियो । जसका कारण त्यसपछिका दिनहरुमा ब्रसेल्समा व्यापक मात्रामा सुरक्षा सतर्कता अपनाउने गरिएको छ ।

आक्रमणका लागि तयारी गरेको आशङ्कामा बुधबार रातिमात्र दुई जना सङ्कास्पद व्यक्तिलाई  पक्राउपछि सरकारले नयाँ वर्षका कार्यक्रमहरु नगर्ने भन्दै हालका लागि आयोजित यस्ता सबै कार्यक्रमहरु पनि रद्द गरिएको थियो ।