बार्सिलोनाका लागि ५०० औं खेलमा मेस्सीको ४२५ औं गोल


बार्सिलोना/ लियोनल मेसीले बार्सिलोनाबाट ५ सयौं खेल खेल्दै वुधबार ४ सय २५ औं गोल गरेपछि लुईस एनरिकेको टिमले उत्कृष्ट रुपमा स्पेनी ला लिगाको शीर्षस्थानमा रहेर वर्ष २०१५ को अन्त्य गरेको छ ।

विवादास्पद पेनाल्टीमा नेयमरले प्रहार गरेको बल पोष्टमा लागेको थियो । त्यसैमा हेइको वेस्टरम्यानले आत्मघाती गोल गरेपछि बार्सिलोनाले २९ औं मिनेटमा अग्रता लिएको थियो । मेसीले ३४ औं मिनेटमा बार्सिलोनाको अग्रता दोब्बर पारे । उनको यो गोल बार्सिलानाको जर्सीमा ४ सय २५ औं हो ।

घरेलु मैदानमा भएको खेलमा लुईस स्वारेजले दोस्रो हाफमा दुई गोल थपे । यससँगै उनी नेयमरलाई उछिन्दै १५ गोलसहित ला लिगाको सर्बाधिक गोलकर्ताको सूचिमा सबभन्दा अगािड पुगेका छन् । आक्रमणको नमूना पस्किएको बार्सिलोनाको चार आक्रमणमा पोष्ट बाधक बनेको थियो । २ जनवरीमा एस्पानयोलसँग खेल्दै २०१६ को सुरुआत गर्नेछ ।

बार्साले २०१५ मा १ सय ८० गोल गर्‍यो, जुन स्पेनी कीर्तिमान हो । उसले यो बर्ष पाँच उपाधि (च्याम्पियन्स लिग, ला लिगा, कोपा डेल रे, युईएफए सुपरकप र फिफा क्लब वल्र्डकप) जित्यो ।

एट्लटिको म्याड्रिडडले रायो भ्यालेकानोलाई २–० ले हरायो । बार्सा र एट्लेटिकोले ३८–३८ अंक जोडेका छन् । यस्तोमा बार्साले एक खेल कम खेलेको छ । रियल म्याड्रिड दुई अंक अन्तरमा तेस्रोमा छ । उसले क्रिस्टियानो रोनाल्डोको दुई गोल सहयोगमा रियल सोसिडाडलाई ३–१ ले हरायो ।- बीबीसी,