कोष्टारिकामा अवैध रुपमा छिरेका २६ नेपाली पक्राउ


कोष्टारिकाको प्रहरीले अवैध रुपमा छिरेका २६ नेपालीसहित ५१ जनालाई पक्रउा गरेको छ । ट्रकमा यात्रा गरिरहेको बखत उनीहरुलाई पक्राउ गरिएको कोष्टारिकाको समाचार एजेन्सी टिको टाईम्सले जनाएको छ । पक्राउ पर्नेमा नेपालीसहित एसिया, अफ्रिका, मध्यपूर्वी देशका नागरिक छन् ।

कागजपत्र नबोकेका नेपालीसहित ट्रकमा ९ बंगलादेशी, ९ सोमालियाली, २ इराकी, १ पाकिस्तानी नागरिक रहेको प्रहरीले जनाएको छ ।ट्रकका चालक र अन्य तीन जना कोष्टारिकाका नागरिकसमेत पक्राउ गरेका छन् ।

कोष्टारिकाका प्रहरी अधिकारीका अनुसार मानव तस्करहरुले एसियाली मुलका नागरिकलाई मध्य अमेरिका हुँदै अवैधरुपमा अमेरिका छिराउने गरेका छन् ।