एनआरएन भवन निर्माण सहयोगार्थ युकेमा भब्य समारोह (फोटोफिचर सहित)


बार्सिलोना /गैरआवासीय नेपाली सँघका अध्यक्ष शेष घलेको सम्मानमा गैरआवासीय नेपाली सँघ यूकेले भब्य स्वागत कार्यक्रमको आयोजना गरेको छ। नेपालमा निर्माणाधिन एनआरएन भवन निर्माणका लागि आवश्यक कोष संकलन गर्ने उदेश्यले सोमबार कार्यक्रमको आयोजना गरिएको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै घलेले एनआरएन बाहिरबाट हेर्दाजस्तो ठूलो र बलियो नरहेको बताए।  ‘बाहिरबाट हेर्दा यो संस्था जति बलियो र ठूलो जस्तो देख्नुहुन्छ, वास्तवमा यो संस्था त्यति नै कमजोर छ’ करिव ६ सय गैरआवासीय नेपाली भेला भएको कार्यक्रमलाई सम्बोधन गर्दै घलेले भने,”‘आगामी २०-३० बर्षमा नेपालको आर्थिक सामाजिक क्षेत्रमा योगदान दिनसक्ने गौरवपूर्ण संस्था बन्न अहिलेदेखि नै एक्सन प्लान, रोडम्याप र नयाँ भिजन बनाउनुपर्छ ।’

734756_1298306563528294_4608594455206547200_nसंस्थाको क्षमता विस्तारकै लागि गैरआवासीय नेपाली संघले काठमाण्डौंमा आफ्नै भवन बनाउन लागेको भन्दै यसलाई सामान्य घरका रुपमा मात्र नलिन आग्रह गरे । आफु डोनेसन माग्न मात्र बेलायत नआएको बरु भावनाहरुको संकलन गर्न आएको उनले बताए।

‘तपाईंहरुको अफिस झोलामा बोकेर हिड्नुहुन्छ भन्ने सुन्दा मलाई नमिठो लाग्यो, कतिपयले एनआरएनलाई सुकुम्बासी भनेे’ अध्यक्ष घलेले भने – ‘त्यही कारण हाम्रो आफ्नै भवन बनाउन लागिपरेँ ।’

कार्यक्रममा प्रमुख अतिथिको रुपमा बेलायतका लागि नेपाली कार्यबाहक राजदुत तेज बहादुर क्षेत्रीएनआरएनले गर्ने थ्रुपै कार्यमा सहकार्य गर्न दूतावास तयार रहेको जनाउंदै नेपालको कला संस्कृति, विकास र लगानीमा एनआरएनसंगै हात मिलाएर अगाडि बढ्न जरुरी रहेको औंल्याए । क्षेत्रीले देश अहिले अप्ठेरो मोडमा रहेको चर्चा गर्दै देशको प्रधान शत्रु गरिवी र अशिक्षा रहेको जनाए ।

10366259_447127005483583_1992058749158579231_nकार्यक्रममा एनआरएन सचिव अर्जुनकुमार श्रेष्ठ,संरक्षक दिल गुरुङ,आइसीसी सल्लाहकार तथा विधान संयोजक डा. हेमराज शर्मा, आइसीसी सल्लाहकार विश्वआदर्श पण्डित, पिजी शेर्पा, एनआरएनए युरोप संयोजक कुल आचार्य, अमेरिका संयोजक सोनम लामा, एनआरएनए युरोप उपसंयोजक प्रेम गुरुङ, एनआरएनए यूके पूर्व अध्यक्षहरु सूर्य गुरुङ, योगेन क्षेत्री, डमर घले र महेन्द्र कंडेल, डेनमार्कबाट आइसीसी सदस्य सोम सापकोटा, यूकेबाट आइसीसी सदस्य कृष्ण तिमिल्सिना, नेपालबाट आएका युवा नेता सिजन 
गुरुङ लगायतले शुभकामना मन्तव्य राखेका थिए।

घले दम्पत्तिको उपस्थित कायर्क्रम एनआरएन युकेका अध्यक्ष मुछेन्द्र गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो। भवन निर्माणका लागि बेलायतबाट एक करोड रुपैयां पठाउने लक्ष्य राखेर रकम संकलन गरिरहेको एनआरएनए यूकेले यस अघि आइसीसीमा ३७ लाख, १५ हजार ८ सय रुपैयां पठाइसकेको छ ।

10152608_1298306523528298_5621904775874651854_n 1457502_1298306440194973_1593496052803574366_n535305_1298306906861593_3364859188856628337_n1888679_1298306876861596_3247224176897419149_n12434130_10153231580973639_746927950_n

1302_10154522955448146_2240227455610369115_n