जनसम्पर्क समितिले स्पेनका बदलिदो नियम कानुन बारे अन्तरक्रिया गर्ने


बार्सिलोना / नेपाली जनसम्पर्क समितिले स्पेनका बदलिदो नियम कानुन बारे अन्तरक्रिया कार्क्रमम गर्ने भएको छ। स्पेन स्थित नेपाली समुदायहरुका कानुनी समस्याहरुलाई पनि समाधान गर्ने उदेश्य अनुरुप अन्तरक्रिया कार्यक्रम गर्न लागेको हो। आगामी जनबरी ८ तारिक बार्सिलोना स्थित एनआरएनको कार्यलयमा कार्यक्रमको तय गरिएको समितिले जनाएको छ। समितिले कागजी प्रक्रिया ,परिबार पुनर्मिलन ,लगायतका बिषयमा कानुन सम्बन्धी बिज्ञ अन्ना मारिया पेरेज ओगेरको उपस्थितिमा कार्यक्रम गर्ने भएको हो।

बिबाद समाधानका लागि पहल

समितिले कार्यसमितिका केहि असन्तुष्ट पक्षहरु सँग छलफल गरी बिबाद समाधानका लागि बिशेष पहल गर्ने भएको छ।  कार्य समितीमा नरहने भन्दै मिडीयामा बिज्ञप्ति दिदै घोषणा गरेको जानकारीमा आएपछि विवाद मिलाउँने प्रयास स्वरूप पुर्ब अध्यक्षहरु चिन्तामणि सापकोटाका, पुष्प भण्डारी ,एकराज गिरी रहने गरि समिति निर्माण गरेको समितिले जनाएको छ।बिबाद समाधान समितिमा सापकोटालाई संयोजकको जिम्मेबारी तोकिएको छ।

यहि जनबरी १ तारिख भित्र समितीबाट मेलमिलापको स्पष्ट प्रतिबेदन नआएमा जनवरी २ गते समितिको नियमित बैठकमा पछिल्लो संसोधीत बिधानको धारा १७ को उपधारा १(ज,झ) बमोजिम कार्यसमिती बिस्तार तथा सल्लाहाकार समिती हेरफेर गर्ने निर्णय समेत गरेको छ । यस्तै मुल समिती नै तयारी समिती रहने जनवरी १७ तारिकमा साधारण सभा सम्पन्न गर्ने निर्णय गरेको छ।

उपसमितिहरु बिस्तार

समितिबाट नेपालीनेपाली डटकमलाई प्राप्त सुचनामा भनिएको छ,”एनआरएनमा प्रतिनिधित्व गर्ने क्रममा खाली हुन गएका उपसमितीहरु समेत बिस्तार गर्ने क्रममा बिधान समिती संयोजकमा बिष्णु रिजाल सदस्यहरु सन्तोष श्रेष्ठ र बिदुर गौतम, अनुशासन समितीमा संयोजक बिनोद ढकाल सदस्यहरु मुकेश क्षेत्री ,बिनोद लामिछाने ,पेशल कोईराला,रन्जिता शिबाकोटी, समितीकै संयोजकको प्रस्ताबमा दुईजना सदस्य मनोनित गर्न सक्ने गरी समिती बिस्तार गर्ने निर्णय भएको छ।

यस्तै खेलकुद समिती संयोजक राजु थापा र साँस्कृतिक समितीमा संयोजकसुबास बहादुर बिष्ट रहने गरि अन्य समितीहरु बिगतको निर्णय बमोजिम नै रहने निर्णय गरेको छ ।

चिन्तामणी सापकोटा संयोजक रही पुष्प भण्डारी ,एकराज गिरी ,अनिल गुरुङ लगायत सल्लाहाकारहरु रहेको समितीमा प्रकाश तिमिल्सिना र सन्त बहादुर क्षेत्रीलाई मनोनित गर्ने निर्णय गरेको छ । बैठक समितिका अध्यक्ष शालिकराम डुम्रेको अध्यक्षतामा सम्पन्न भएको हो।२७ डिसेम्बरमा बसेको बैठकमा पुर्ब अध्यक्षहरु सहित बाक्लो उपस्थिति रहेको समितिले जनाएको छ।