एनआरएन अध्यक्ष शेष घलेले लण्डनबाट के भन्छन् ?( लाईभ सुन्नुहोस्)


बार्सिलोना /गैरआवासीय नेपाली सँघका अध्यक्ष शेष घलेको सम्मानमा गैरआवासीय नेपाली सँघ यूकेले भब्य स्वागत कार्यक्रमको आयोजना गरेको छ। नेपालमा निर्माणाधिन एनआरएन भवन निर्माणका लागि आवश्यक कोष संकलन गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको हो। कार्यक्रममा प्रमुख अतिथिको रुपमा बेलायतका लागि नेपाली कार्यबाहक राजदुत तेज बहादुर क्षेत्री रहेका छन्।

घले दम्पत्तिको साथमा एनआरएन सचिव अर्जुनकुमार श्रेष्ठ,संरक्षक दिल गुरुङ,अमेरिका संयोजक सोनाम लामा ,युरोप संयोजक कुल आचार्य,उपसंयोजक प्रेम गुरुङ लगायत आईसीसी सल्लाहकार,आईसीसी सदस्यहरु,एनआरएन युकेका पुर्ब अध्यक्षहरु लगायत बेलायतबासी गैर आबासीयहरुको बाक्लो उपस्थिति रहेको छ। एनआरएन युकेका अध्यक्ष मुछेन्द्र गुरुङको अध्यक्षता अहिले चलिरहेको कार्यक्रमलाई रेडियो राईनोले प्रत्यक्षप्रसारण गरेको छ।
लाईभ सुन्न यहाँ क्लिक गर्नुहोस्।

10300648_1298307040194913_1946250873572989116_n535305_1298306906861593_3364859188856628337_n1888679_1298306876861596_3247224176897419149_n10348630_1298306820194935_5107168899729703809_n