निर्माणाधीन बौद्ध विहार तथा स्तुपाका लागि प्रबासबाट सहयोग


बार्सिलोना/ निर्माणाधीन अवस्थामा रहेको उदय बौद्ध विहार तथा बौद्ध स्तुपा निर्माण कार्य सम्पन्न गर्नको लागि प्रबासबाट सहयोग संकलन गर्न सुरु भएको छ। बाग्लुंग स्थित रिघा गाउँ बिकास समिति बडा नम्बर १ मा स्तुपा निर्माणको काम सम्पन्न गर्न प्रबासबाट सहयोग संकलन सुरु भएको हो। धार्मिक तथा प्रर्यटन बिकासका लागि निर्माण गर्न लागिएको विहार तथा स्तुपाको सम्पूर्ण काम पुरा गर्न रकमको अभाव देखिए पछि प्रबासमा रहेका सोहि क्षेत्रका नेपालीहरु कस्सिएका हुन्।

विदेशमा रहेका नेपालीहरुबाट करिब ३० लाख रुपैयाँ भन्दा बढी सहयोग जुटाउँने लक्ष्य लिएको डेनमार्कबासी सोमनाथ सापकोटाले बताए। गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद सदस्य समेत रहेका सापकोटाले भने,” प्रबासबाट धेरै रकम संकलन गर्ने हाम्रो लक्ष्य रहेको छ, अहिले करिब ६ दिनको अन्तरालमा नै ३ लाख ५० हजार जति प्रतिबद्दता जुटिसकेको छ। अहिले म सहयोग संकलनको लागि नै बेलायत पुगेको छु आशा छ यहाँबाट पनि स्तुपा निर्माणको काम पुरा गर्न धेरै रकम संकलन हुनेछ।”12434472_1308391482510693_368307364_nस्तुपा निर्माणको लागि लागि डेनमार्कबाट सापकोटाले २५ हजार रुपैयाँ,दीपक कुमार काउछा(युके) ३० हजार रुपैयाँ,रेशम बुढाथोकी(युके) २५ हजार रुपैयाँ, होम श्रीस मगर(कतार) ५ हजार रुपैयाँ,दीपक पुन(कतार) ५ हजार रुपैयाँ,भिम थापा (युके) ५० हजार रुपैयाँ,छम रसाईली(कुबेत) ५ हजार रुपैयाँ, होम श्रीस (कतार) १० हजार रुपैयाँ,धन श्रीस (युके) २० हजार रुपैयाँ,किशोर सापकोटा (युके) २५ हजार रुपैयाँ,प्रितम बहादुर पुन(युएई) ५ हजार ५ सय ५५ रुपैयाँ, डिलाराम सापकोटा(जापान) १० हजार, तिर्थनाथ सापकोटा(जापान) १० हजार रुपैयाँ,भिम श्रीस (युके) २५ हजार रुपैयाँ, गोम बुढाथोकी(जापान) १० हजार रुपैयाँ, शशी राम पुन(युके) २५ हजार रुपैयाँ र ज्ञानु श्रीस (कतार) बाट ५ हजार रुपैयाँ सहयोग गरेका छन्। यस्तै यो अभियानमा नेपालबाट नै डिल बहादुर बुढाथोकीले १० हजार रुपैयाँ र भिम श्रीस मगरले १५ हजार रुपैयाँ सहयोग आएको बताईएको छ।

आर्थिक अभाबका कारण निर्माण कार्यमा ढिला भएको हुँदा १० फिट अग्लो गजुर निर्माण, स्तुप बाहिरको भागमा टायल लगाउनका साथै फिनिसिङको सबै काम बाँकी रहेको आर्थिक अभावका कारण कार्य सम्पन्न गर्न नसकिएकोले भन्दै प्रवासमा रहेका नेपालीहरुलाई सहयोग गर्न बुद्ध स्तुपा निर्माण समितिका संयोजक शेरबहादुर काउछाले पत्र मार्फत अपिल गरेका छन्।

यस अघि बाग्लुंग काँडेबासमा रहेको जनजागृति उच्च माध्यमिक बिद्यालयमा २४ लाख रुपैयाँ बराबरको ई लाईब्रेरी संचालन,मल्ल गाबिसमा रहेको लक्ष्मी नारायण मन्दिरको जिर्ण उद्दारको लागि ७ लाख ५० हजार रुपैयाँ र नौमति बाजा भजन समुहलाई लोकप्रिय सोरठी नाच संरक्षणका लागि २ लाख ७० हजार रुपैयाँको सहयोग प्रबासका नेपालीहरुबाट जुटाईसकेका डेनमार्कबासी सापकोटा अहिलेको स्तुपा निर्माण कार्यमा पनि सफल हुनेमा बिश्वस्त देखिएमा छन्।