नयाँ शक्ति(कबिता)


-कवि पित्ताम्वर नेपाली
————–
घर फेर्दै कति हिंड्नु
अाफ्नै घर बनाउँछु
अाफू सधैं अटाउने
नयाँ घर सजाउँछु ।।
नयाँ घर बनाउन
नयाँ शक्ति जुटाउँछु ।
पुरानाे ध्वस्त पारेर
सबै नयाँ बनाउँछु ।।
अरुका घरमा अट्न
नसकेका हरु जति।
तिरस्कृत वहिस्कृत
अलपत्र परे जति।।
सबैलाई जुटाएर
नयाँ शक्ति बनाउँछु।
सबै सबै अटाउने
ठुलै घर बनाउँछु ।।
किसान संघमा अाऊ
खेतबारी बझ्याउने ।
विद्यार्थी संघमा अाऊ
कितावहरु च्यातने ।।
उद्योग संघमा अाऊ
उद्याेग् बन्द गराउने ।
निर्माण संघमा अाऊ
भत्काउन रमाउने ।।
भाला र खुकुरी वाला
लाई स्वागत गर्दछु ।
नयाँ किसिमकाे अर्कै
अान्दाेलन उठाउँछु ।।
खन्तीराजहरु अाए
साधु संघ बनाउँला ।
नयाँ शक्ति जुटाएर
नयाँ स्वर्ग बनाउँला ।।
याे नयाँ शक्तिकाे नेता
अरु काे बन्न सक्छर ?।
बन्न खाेजे पनि यहाँ
कसरी टिक्न सक्छ र?।।
अाऊ एक भई लागाैं
घरबार बिहीनका ।
नयाँ शक्ति फुली फल्छ
टिपी खाने विचारका ।।
पाेखरा
२०७२-९-९