बिटी कपमा विष्णु पादुका, हेम्जा बी १३, नर्थ हर्न एफसी र संगम सेमीफाइनलमा प्रवेश


पोखरा,  ९ पुस

 
बिटी कपमा विष्णु पादुका, हेम्जा बी १३, नर्थ हर्न एफ सी र संगम सेमी फाइनलमा प्रवेश गरेका छन ।

 
पोखराको पुरानो टुडिखेलमा जारी १० औ बि टी कपमा बिहीबार सम्पन्न पहिलो खेलमा विष्णुपादुका एफ सीले पोखरा भ्याली स्पोर्टसलाई २ शुन्य गोल अन्तरले पराजित गर्दै सेमी फाइनलमा प्रवेश गरेको हो। ट्राइबेकरमा सम्पन्न खेलमा विष्णुपादुकाको खेलाडी प्रविन थापा म्यान अफदी म्याच घोषित भएका छन ।
त्यसैगरी दोश्रो खेलमा बी १३ बाझापाटनले ३–२ गोल अन्तरले एलजी एशोसियसनलाई पराजित गर्दै सेमीफाइनलमा प्रवेश गरेको छ । प्रतियोगितामा बी १३ को प्रदिप गुरुङ म्यान अफ दी म्याच घोषित भएका छन ।

 
तेश्रो खेलमा नर्थ हर्न एफ सीले एक शुन्य गोल अन्तरले काजीपोखरी लाई पराजित गर्दै सेमी फाइनलमा प्रवेश गरेको छ । खेलमा नर्थ हर्नका गोरे गुरुङले निर्णायक गोल गरेभने म्यान अफ दी म्याच पनि गोरे गुरुङ नै भए  ।

 

अन्तिम खेलमा मालेपाटन एफ सीले संगम एफसीलाई दुइ शुन्य गोल अन्तरले पराजित गर्दै सेमी फाइनलमा प्रवेश गरेको छ । प्रतियोगितामा मालेपाटनका भिक्टोर र अभिनाश तामाङले निर्णायक गोल गरेका थिएभने म्यान अफ दी म्याच भिक्टोर भएका छन ।

 
शुक्रवार सेमी फाइनल अन्तर्गत विष्णु पादुका भर्सेस बी १३, नर्थ हर्न एफ सी भर्सेस संगम भिड्ने भएका छन ।