साफ च्याम्पियनसिपमा नेपाल र श्रीलंकाबीच खेल जारी ( लाईभ हेर्नुहोस् )


नेपाली राष्ट्रिय फुटबल टिमले साफ च्याम्पियनसिप २०१५ को उद्‍घाटन खेलमा अहिले श्रीलंकाको सामना गरिरहेको छ । नेपाली राष्ट्रिय टिम पारम्परिक रातो जर्सीमा छ भने श्रीलंकाली टोली मरुन रंगमा ।

नेपाली टिम (४–३–३)

गोलकिपर : किरण चेम्जोङ
डिफेन्स : रन्जित धिमाल, जितेन्द्र कार्की, आदित्य चौधरी, विराज महर्जन
मिडफिल्ड : हेमन गुरुङ, विक्रम लामा, रोहित चन्द
फरवार्ड : विमल घर्तीमगर, अनिल गुरुङ (कप्तान), अन्जन विष्ट