अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज अब दार्जिलिंगमा पनि


विश्वव्यापी विस्तारसंगै अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (ईनास) को शाखा दार्जिलिंगमा समेत गठन भएको छ। दार्जिलिंगमा गीत, संगीत, साहित्य लेखनमा सकृय रहँदै आउनुभएका कलाकार लोप्सुंग लामाको अध्यक्षतामा समाज गठन भएको हो।

दार्जिलिंग शाखालाई दक्षिण एसिया उप-क्षेत्रीय समिति अन्तर्गत रहने गरि ग्लोबल समितिले अनुमोदन समेत गरिसकेको छ। समितिका उपाध्यक्षमा चर्चित कलाकार ललित गोले ,महासचिव राजु दियाली कोषाध्यक्षमा कल्पना प्रसाद रहेका छन। यस्तै कार्यसमिति सदस्यहरुमा जीवन गुरुङ, मेनुका प्रधान, प्रतिभा कुमाई, दशरथ लोहार र अरुण प्रसाद राई रहेका छन्। मधुसुदन लामा र के. के. लोहारलाई सल्लाहाकारमा नियुक्त गरिएको छ।

केहि साताअघि मात्रै नायक उत्तम प्रधानको अध्यक्षतामा अन्ठाउन्नौं शाखाको रुपमा सिक्किममा समेत शाखा गठन गरेको यो संस्थाले संसारभरी नै निकै लोकप्रियता हासिल गर्दै गएको छ। हरेक वर्ष ईनास फिल्मी अवार्ड आयोजना गरेर नेपाली सिनेमालाई सम्मान गर्दै आएको समाजले इनास साहित्य वर्ष पुरस्कार प्रदान गरेर नेपाली साहित्यलाई र हरेक महादेशहरुमा नृत्य र गायन प्रतियोगिताहरु आयोजना गरेर नेपाली प्रतिभाहरुलाई सम्मान गर्दै आएको छ।